१४ अंकले बढ्यो नेप्से

मंगलबार, फागुन २३, २०७९

काठमाडौँ– साताको तेस्रो कारोबार दिन मंगलबार सेयर बजार बढेको छ ।

मंगलबार नेप्से परिसूचक १४.४१ अंकले बढेर १९५२.६६ विन्दुमा पुगेको छ ।

यस्तै, सेन्सेटिभ परिसूचक १.५३ अंकले घटेर ३७०.२४ बिन्दुमा पुगेको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा कुल २६१ कम्पनीको ४० लाख ५९ हजार १४९ कित्ता सेयर खरिद बिक्री हुँदा १ अर्ब २० करोड ४४ लाख रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ ।

त्यस्तै, कारोबारका आधारमा साल्ट ट्रेडिङ कर्पोरेसन अग्रस्थानमा छ । यसको आज १२ करोड ७ लाखभन्दा बढीको कारोबार भएको छ । त्यस्तै दोस्रोमा हिमालयन डिस्टिलरी र छिमेक लघुवित्तको कारोबार भएको छ ।

मंगलबारको कारोबारमा १३ वटै उपसूचकमध्ये २ उपसूचक घटेका छन् भने बाँकी सबै उपसूचक बढेका छन् ।

आज सबैभन्दा धेरै जलविद्युत् समूहको उपसूचक १७३ दशमलव ३४ र उत्पादन समूहको उपसूचक १.६७ प्रतिशतले घटेको छ ।

आज बैंकिङ समूह ०.५१, विकास बैंक समूह १.१६, वित्त समूह १.१८, होटल तथा पर्यटन समूह १.०५ र लगानी समूह १.११ अंकले बढेको छ ।

त्यस्तै जीवन बीमा ०.४६, लघुवित्त समूह ०.५०, निर्जीवन बीमा समूह ०.९७, अन्य ०.७१ र व्यापार समूह ०.७५ प्रतिशतले बढेको छ ।

आज शुभम् पावरको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । त्यस्तै, सुपर मादी हाइड्रोपावर ९.९७, सिदार्थ इन्भेस्टमेन्ट ग्रोथ ८.०२, इमरर्जिङ नेपाल ५.८० र स्वाभिमान लघुवित्तका लगानीकर्ताले ५.२४ प्रतिशतका दरले कमाएका छन् ।

आजको कारोबारमा शुभम् हाइड्रोपावर र सुपर मादी हाइड्रोपावरका लगानीकर्ताले सबैभन्दा बढी कमाए भने सिवाइसी नेपाल लघुवित्त र नबिल इक्युटी फन्डका लगानीकर्ताले सबैभन्दा बढी गुमाए ।

प्रकाशित मिति: मंगलबार, फागुन २३, २०७९  १५:३९
प्रतिक्रिया दिनुहोस्