साताको पहिलो दिन ३१ अंकले घट्यो नेप्से परिसुचक

आइतबार, फागुन २१, २०७९

काठमाडौँ –साताको पहिलो कारोबार दिन आइतबार सेयर बजार घटेको छ । आइतबार पुँजी बजार मापक नेप्से परिसुचक ३०.७७ अंकले घटेको हो ।

नेपाल स्टक एक्सचेन्ज (नेप्से)का अनुसार आइतबार सेयर बजार मापदक नेप्से परिसुचक घटेर १९३८.२५ विन्दुमा पुगेको छ ।

३८ लाख कित्ता सेयर एक अर्ब ३९ करोड रुपैयाँमा कारोबार भए । सबैभन्दा बढी कारोबार हिमालयन डिस्टिलरीको ८ करोड ४४ लाख रुपैयाँको भएको छ ।

यस्तै, सुपर मादी हाइड्रोपावरको सेयरमा सकारात्मक सर्किट लागेको छ र  समलिङ पावर कम्पनीको सेयरमा नकारात्मक सर्किट लागेको छ ।
 

प्रकाशित मिति: आइतबार, फागुन २१, २०७९  १६:०२
प्रतिक्रिया दिनुहोस्