चलचित्र ‘जारी’को पोस्टर सार्वजनिक, बैशाख १ गते प्रदर्शन हुने

सोमबार, माघ ९, २०७९

काठमाडौँ– दयाहाङ राई र मिरुना मगर अभिनित चलचित्र  ‘जारी’को आधिकारिक पोस्टर सार्वजनिक भएकाे छ ।

 

चलचित्रमा दयाहाङ र मिरुनासहित विजय बराल, रोयदीप श्रेष्ठ, रेखा लिम्बू, प्रेम सुब्बा, पुष्कर गुरुङ र कमलमणि नेपालको अभिनय रहेको छ । 

 

पूर्वी पहाडको लिम्बू समुदायमा रहेको ‘जारी’ प्रथालाई समेटेको चलचित्र आगामी बैशाख १ गते प्रदर्शन हुने घोषणासमेत निर्माण पक्षले गरेको छ । 

 

चलचित्र  ‘जारी’को लेखन तथा निर्देशन उपेन्द्र सुब्बाले गरेका छन् । उनको यो डेब्यु निर्देशकीय चलचित्र समेत हो ।  

 

‘कबड्डी’ सिरिज निर्माण कम्पनी बाँसुरी फिल्म्सकै ब्यानरमा निर्माण भएको ‘जारी’मा सुरेश लिम्बूको कथा, झुमा लिम्बू र गंगा थापाको संगीत, शैलेन्द्र कार्कीको छायांकन र निमेष श्रेष्ठको सम्पादन रहेको छ ।

प्रकाशित मिति: सोमबार, माघ ९, २०७९  २०:४२
प्रतिक्रिया दिनुहोस्
सिएन विशेष
विचार