नेभिगेशन
समाज विविध

क्यानडा पठाइ दिने भन्दै ६५ लाख ठगी, एकजना पक्राउ

काठमाडौँ- वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा गोरखा पालुङटार नगरपालिका-२ घर भई हाल कागेश्वरी मनोहरा नगरपालिका-५ मा बस्ने ३७ वर्षीय रविन आचार्य रहेका छन् ।  

रविनले क्यानडा पठाइदिन्छु भन्दै २ जनाबाट ६५ लाख ९७ हजार रुपैयाँ लिई सम्पर्कविहीन भएको प्रहरीले जनाएको छ ।सम्पर्कविहीन भएपछि पीडितहरूले दिएको उजुरीको आधारमा काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले उनलाई काठमाडौँ सामाखुसीबाट शुक्रबार पक्राउ गरेको हो । 

उनलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौँ पठाइएको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
लोकप्रीय
थप समाज विविध