नेभिगेशन
समाज विविध

हरिद्वारको मनसादेवी मन्दिरमा भागदौड: ६ जनाको मृत्यु, दर्जनौं घाइते

काठमाडौ - उत्तराखण्डको हरिद्वारस्थित प्रसिद्ध मनसादेवी मन्दिरमा आइतबार भएको भागदौडमा कम्तीमा ६ जना तीर्थयात्रीको मृत्यु भएको छ भने एक दर्जनभन्दा बढी घाइते भएका छन्। 

हरिद्वारमा रहेका पत्रकार सौरभ यादवका अनुसार आइतबार भएकाले मन्दिर परिसरमा अत्यधिक भक्तजनको भीड थियो। ठूलो भीड जम्मा भएको बेला अकस्मात भागदौड मच्चिँदा यो दुःखद घटना भएको हो। 

भागदौड मनसादेवी मन्दिरबाट करिब १०० मिटर अगाडिको सिँढीमा भएको थियो। घटनाको कारण भने अझै खुल्न सकेको छैन। 

घटनास्थलमा अहिले ठूलो संख्यामा प्रहरी परिचालन गरिएको छ र प्रशासनले भीडमा फसेका अन्य व्यक्तिहरूलाई सुरक्षित निकाल्ने कार्य गरिरहेको छ। घाइतेहरूलाई उपचारका लागि नजिकका अस्पतालहरूमा भर्ना गरिएको छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
लोकप्रीय