नेभिगेशन
समाज विविध

मुन्डन गरेर श्वेत बस्त्रसहित माइतीघरमा मेयरको सत्याग्रह

काठमाडौं– माइतीघर मण्डलामा एक जना मेयर आइतबारदेखि सत्याग्रहमा बसेका छन्। 

श्वेत बस्त्रसहित विभिन्न नारा राखी कपाल समेत मुन्डन गरी खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका मेयर तीर्थराज भट्टराई सत्याग्रहमा बसेका हुन्।

स्थानीय कच्चा पदार्थ सहज रुपमा प्रयोग गर्न पाउनुपर्नेसहितका उनका माग छन् भने पर्यावरणमैत्री नारा पनि छन्।

स्थानीय कच्चा पदार्थ प्रयोग गर्न संघीय ऐन बाधक भएकाले त्यसलाई संशोधन गर्नुपर्ने उनको मुख्य माग छ।

उनी परालको गुन्द्री माथि कम्बल ओछ्याएर बसेका छन्। छेउमा बाँसका भाटा राखेका छन्।

‘पैसा छैन नीति देउ, आत्मनिर्भर समाज बनाऔं,’ ‘प्रकृतिको विनास हैन, संरक्षण गरौं,’ ‘जलवायु परिवर्तनको असर, खोला खोल्सी अनियन्त्रित क्रसर’, ‘प्रकृतिको पूजा गरौं, प्राणीको अस्तित्व जोगाऔं,’ लगायतका उनका पर्यावरणमैत्री नारा छन्।

सिंहदरबार अगाडि नै सत्याग्रहमा बस्ने तयारी गरेका उनले निषेधितक्षेत्र भएका कारण माइतीघर रोजेका हुन्। 

गत निर्वाचनमा भट्टराईले नेकपा एमालेका उम्मेदवार कुमार आचार्यलाई ४ हजार ३९३ मतान्तरमा पराजित गरेका थिए। भट्टराईले ११ हजार ३८९ मत पाउँदा आचार्यले ६ हजार ९९६ मत पाएका थिए। 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
लोकप्रीय
थप समाज विविध