नेभिगेशन
समाज विविध

काभ्रेमा भएका दुई घटनामा दुईको मृत्यु

काभ्रेपलाञ्चोक- धान खेतमा पानी बगाउने क्रममा झिकु खोलामा आएको बाढीले बगाउँदा तेमाल गाउँपालिका–१ अमलटारीका गगनबहादुर भण्डारीको मृत्यु भएको छ। 

झिगुखोलाले बगाएर बेपत्ता भएका ५५ वर्षीय भण्डारीको शव आज सुनकोशी नदीमा भेटिएको हो। भण्डारीलाई बगाएको खबर आएपछि स्थानीय, प्रहरी र खोज तथा उद्धार टोलीले रातभर उनको खोजी गरिए पनि मध्याह्न शव फेला परेको हो।

झिगुखोला पाँचखाल हुँदै सुनकोशी नदीमा मिसिने भएकाले खोजी कार्य जटिल भएको पाँचखाल प्रहरीले जानकारी दिएको छ। 

काभ्रेपलाञ्चोकको पनौती नपा–३ बगुवास्थित कुशादेवीबाट आशापुरी मन्दिरतर्फ जाँदै गरेको बा ६२ प ६६१० नम्बरको मोटरसाइकल आज अनियन्त्रित भई सडकबाट अन्दाजी छ मिटर तल खस्दा मोटरसाइकमा सवार गम्भीर घाइते ३२ वर्षीया सुजना खत्रीको उपचारका क्रममा मृत्यु भएको छ। 

करिब ११ बजे भएको उक्त दुर्घटनामा मोटरसाइकल चालक मृतकका श्रीमान् पनौती–५ का वियज थापा र छोरा पाँच वर्षीय बिएन्स सामान्य घाइते भएको र उनीको बनेपास्थित शिर मेमोरियल अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाज विविध