नेभिगेशन
सुरक्षा–अपराध

लागुऔषध कारोबारी पक्राउ गर्न प्रहरीले चलायो गोली

काठमाडौं- झापाको भद्रपुरमा प्रहरीले गोली चलाएर लागुऔषध कारोबारीलाई पक्राउ गरेको छ ।

काठमाडौंबाट खटिएको लागुऔषध ब्युरो र जिल्ला प्रहरी कार्यालय झापाको टोलीले आज (शनिबार) दिउँसो गोली चलाएर लागूऔषध कारोबारीलाई पक्राउ गरेको हो ।

ब्युरोका एसएसपी कृष्ण कोइरालाका अनुसार कारोबारीलाई नियन्त्रणमा लिने क्रममा भाग्न खोजेपछि २ राउन्ड गोली चलाइएको हो । लागूऔषध कारोबारीका आरोपित मोहम्मद इस्लामको खुट्टामा प्रहरीले चलाएको गोली लागेको छ । पक्राउ परेका इस्लामको साथबाट करिब १२० ग्राम खैरो हिरोइन बरामद भएको प्रहरीले जनाएको छ । इस्लाम भारतीय नागरिक हुन् ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
लोकप्रीय
थप सुरक्षा–अपराध