काठमाडौं– विवाहहेत्तर सम्बन्धका कारण डिभोर्स मात्र हुन्न, त्यसमा सम्पत्तिको पनि लोभ चढ्यो भने कस्ता–कस्तालाई अपराधी बनाउँछ भन्ने उदाहरण पर्याप्त छन्।
एक जना अर्बपति पतिको हत्या जिम ट्रनेर ब्वाईफ्रेन्डसँग मिलेर हत्या फत्ते गरी अनुसन्धान समेत हुन नसक्ने विषय बनाइसक्दा पनि त्यो पत्ता लागेको घटना थियो।
लासको पोस्टमार्टम नहुँदा पनि अदालतले हत्या प्रमाणित गर्न सक्छ, अन्य खोजबिनका आधारमा भन्ने घटना हो, अर्बपति योगेश बत्रा हत्या प्रकरण।
हरियाणा राज्यको यमुनानगर जिल्लाको हूडा क्षेत्रका व्यवसायी योगेश बत्रा २०१६ मे २७ तारिख बिहानी आत्महत्या वा प्राकृतिक मृत्यु नाम दिएर मृत भेटिए।
प्रारम्भमा पत्नी प्रियंका बत्रा विचरण गर्दा उनीहरूको पारिवारिक जीवन सामान्य देखिन्थ्यो । तर केही समयपछि योगेशको मृत्यु संदिग्ध बनेपछि काण्डको अनुसन्धान भयो। अनुसन्धान पनि अचम्म तरिकाले गरिएको थियो।
योगेशको मृत्युपछि पत्नी प्रियंका परिवारलाई जानकारी दिइन् कि उनको मृत्यु हार्ट अट्याकबाट भएको थियो। मृतकको अन्तिम संस्कार तुरुन्त सञ्चालन गरियो र पोस्टमार्टम समेत गरिएन।
यस प्रकरणमा प्रियंका बत्रा, रोहित, सतीश र श्यामसुंदरलाई अदालतले दोषी करार गरेको छ।
आखिर कसरी र किन गरियो हत्या?
यागेश सहरका अर्बपति थिए। योगेश र प्रियंकाको जागिरको १७ बर्ष भएको थियो। दुई बच्चा स्कुलमा पढ्थे। योगेशका परिवार उत्तराखण्डमा बस्थे। घरमा कुनै कमी थिएन।
२८ मे २०१६ बिहान प्रियंका उठ्छिन्। छेउमा सुतेका पतिलाई उठाइन्। प्रियंकालाई लाग्यो उनी गहिरो निद्रामा हुन्छन्। उनी हल्लिएनन्। प्रियंकाले स्वास जाँच गरेपछि उनी कराउँछिन् र छोरीसहित छिमेकी पनि बोलाउँछिन्।
राती कुनै साइलेन्ट हर्टअट्याटकको आशंका गरी अस्पताल लगियो। तर, उनी मृत घोषित गरियो।
यमुनानगरमा सबैको रुवाई धुवाई थियो। मृत्युलाई लिएर कसैलाई अचम्म लागेन। एक पटक योगेशको पोस्टमार्टम गराउने कुरा उठाइएन।
२९ मेमा अन्तिम संस्कार गरियो। अब योगेशका बुवाआमा बुहारी एक्ली हुन्छिन् भनेर यमुनानगरमा बस्छन्।
तर योगेशकी आमालाई ‘छोरालाई सपनामा गुन्डाले कुटीरहेका बेला योगेशले याचना गरेको’ सपनाले सताउँछ। यो विषय उनले मिडियामा पनि भन्छिन्।
धेरैले वास्ता नगरे पनि विस्तारै योगेशका पितालाई पनि विभिन्न कारणले शंका उत्पन्न हुन्छ।
छोरालाई हर्टअट्याक आउने के कारण हुन सक्छ? कुनै बिरामी थिएन तर हर्टहट्याक कसरी आयो? छोरालाई हर्टअट्याक आउने कुनै कारण पाउँदैनन्। न औषधि खाने, न बिरामी भएको कुनै स्थिति, न पहिला त्यस्ता भएका खबर सुनिएको हुन्छ। योगेशका पिता अब शंकालाई निवारण गर्नुपर्नेतिर लम्किन्छन्।
उनका पिता प्रहरीकहाँ पुगे। शंका लाग्यो कि उनको मृत्यु प्राकृतिक होइन। पोस्टमार्टम रिपोर्ट मागियो तर छैन। स्थानीय प्रहरीले त्यति वास्ता गर्दैनन्।
उनले प्राइभेट डिटेक्टिभका विषयमा सुनेका हुन्छन्। लामो खोजाईपछि भेट्छन्। उनी प्राइभेट डिटेक्टिभकहाँ पुग्छन्। डिटेक्टिभले योगेशका विषयमा खोजबिन सुरु गर्छन्।
डिटेक्टिभले प्रियंका र योगेशको प्रेमसम्बन्धदेखि नजिकका अनि साझा साथीदेखि सबैका विषयमा बुझ्छन्।
प्रियंका मिस खाल्सा र मिस दिल्ली पनि भएकी थिइन्। छोराको मृत्युपछि प्रियंका केही दिन दुखी भए पनि बच्चालाई देहरादून पठाएर उनी व्यापार सम्हाल्न थालिन्।
बुहारीको चाल चलनमा परिवर्तन आएको थियो। योगेशका व्यापार सबै आफ्नो नाममा गरिसकेकी थिइन्। घरमा खुशीले रहन्थिन्। जब फोनमा कुरा गर्थिन् उनको स्वभाव अत्यन्तै उर्जाशील हुन्थ्यो, जबकि पतिको मृत्यु दुई महिनामा नै बिर्सिन्।
फेरि जिम पनि जान थालिन्। सुरुमा त मन बहलाउन जिम गएको हुनुपर्छ भन्ने योगेशका पिताले ठान्छन्। तर, अब मामला अर्कै हुन सक्ने शंका भयो। डिटेक्टिभले प्रियंकाका बारेमा जानकारी बटुल्ने क्रममा जिम पनि जान सुरु गरेको थियो।
जुलाई महिनामा चन्द्रिगढमा पुगेकी प्रियंकाका पछि लागे, डिटेक्टिभ। प्रियंकासँग अर्का मानिस देखे। आखिर को हुन् उनी? डिटेक्टिभले पार्टीमा फोटो लिए। प्रियंका १६ बर्षकी छोरी लिएर पार्टीमा गएकी हुन्छिन्।
पार्टीमा भेटिएका व्यक्ति रोहित कुमार हुन्। उनी जिम ट्रेनर हुन्। प्रियंकाले रोहितलाई ३२ लाखको गाडी पनि दिएकी थिइन् भन्ने डिटेक्टिभले पत्ता लगाउँछन्। यसबाहेकका जानकारीसहित योगेशका पितालाई सबै बुझाउँछन्।
यसपछि स्थानीय प्रहरीले अनुसन्धान थाल्छ। तर केही दिनमा नै रोहित र प्रियंकालाई प्रहरीले छाडिदिन्छ। स्थानीय प्रहरीको अनुसन्धान समाप्त हुन्छ।
योगेशका पिताले थप जानकारी पत्ता लगाउन फेरि प्राइभेट डिटेक्टिभ हायर गर्छन्। अनि, डिटेक्टिभले थप प्रमाणका रुपमा २७ र २८ तारिखसम्म फोनमा कुरा गरेको डिटल्ससहित अन्य विवरण योगेशका पितालाई जिम्मा लगाउँछन्। २७ र २८ तारिक त्यहि मिति हो जसमा योगेशको हत्या भएको हुन्छ।
स्थानीय प्रहरीले काम नगरेपछि योगेशका पिता हरियाणाका प्रहरी महानिर्देशककहाँ सबै प्रमाणसहित पुग्छन्।
स्थानीय प्रहरीले नगरेका कारण हरियाणाका महानिर्देशकले प्रहरीका एसपीको नेतृत्वमा उक्त प्रकरण छानबिनलाई स्पेशियल इन्भेष्टिगेशन टीम (एसआईटी) तयार पार्छन्। अब एसआईटीले काम थाल्छ।
फर्जी नम्बरबाट २७ तारिखमा प्रियंकाको कुराकानी भएको एसआईटीले पत्ता लगाउँछ। यो कल रोहित कुमार र प्रियंकको थियो। पहिला पनि प्रियंका र रोहित कुराकानी गर्दथे। उनीहरुले अन्य दुई जनासँग कुराकानी भएको र छोरीसँग पनि कुराकानी भएको एसआईटीको छानबिनमा फेला पर्छ।
यस टोलीले मृतककी पत्नी सहितका अन्य व्यक्तिहरू सहित विस्तृत मोबाइल कॉल डिटेल, लोकेशन डेटा, र अन्य साक्ष्यहरू संकलन गरेर अनुसन्धान तेज गतिमा बढाउँछ।
जाँचमा खुलासा भयो कि प्रिया बत्रा र उनको प्रेम सम्बन्धमा संलग्न जिम ट्रेनर रोहित लगायत शतिश र श्यामसुंदर नामक अन्य दुई साथीहरूले मिलेर यो हत्या योजना बनाएका हुन्छन्।
प्रारम्भमा सिडेटिभ विषले हत्या गरिने योजना भए पनि योजना असफल भएपछि दोस्रो उपायको रूपमा सिरानीले मुख छोपेर हत्या गरिएको हुन्छ। र, यसमा चारै जनाको संलग्नता पाइन्छ।
यो काण्ड ‘हाई–प्रोफाइल मर्डर केस’ भएको कारण अदालतमा लामो समयसम्म सुनुवाइ भयो। अन्ततः सेशन जजको अदालतले सबै प्रमाण र साक्ष्यहरूलाई ध्यानमा राख्दै प्रिया बत्रा, रोहित, सतीश र श्यामसुंदरलाई आजीवन कारावासको सजाय सुनाएको थियो।
यो हत्यासम्म पुग्न प्रियंकाले योजना बनाउनुका पछाडिको खास कारण योगेशले पत्ता लगाएका थिए। प्रियंका र रोहित कुमारको अफेयरका क्रममा योगेशले दुवैको शारिरीक सम्बन्ध भएको रंगेहात पक्राउ गरेका हुन्छन्, पहिला। तर, प्रियंका र रोहितले माफी मागेर अब नदोहोराउने भनेका कारण उनी प्रहरीकहाँ पुगेका हुँदैनन्।
केही महिना रोकिए पनि प्रियंकाको हर्कत फेरि सुरु हुन्छ र अब माफी माग्नेभन्दा योगेशलाई नै सम्बन्धबाट हटाउन हत्याको योजना बनाइएको पत्ता लागेको थियो।
हरियाणा राज्यको यो काण्ड प्राइभेसी, धन–स्वार्थ र विश्वासघातको त्रिकोणीय अवस्थाको संवादात्मक उदाहरण हो। प्रारम्भमा सरल मृत्यु ठहरिए पनि परिवारले उठाएको अविचल प्रश्न र निरन्तर आवाजले अन्ततः सत्यको पर्दाफाश गराउन सहायता गरेको थियो।