नेभिगेशन
मनोरञ्जन

हजुरआमाको साथले मिस वर्ल्ड जीतेकी, बलिउडमा छिरेकी युक्ता तर कसरी बनिन् घरेलु हिंसाको पीडित?

उनले भनेकी थिइन्- म एउटा मिस वर्ल्ड थिएँ, तर म अझै पनि जीवनसँग लडिरहेकी आम महिला हुँ

काठमाडौं– युक्ता मुखीको जीवन कतिपय अर्थमा सिकाई दिने खालको छ। समाजको रुढीवादी परम्पराबीच यीनले पाइला–पाइलामा संघर्ष गरिन्।

परिवार फैसन उद्योगमा आउने उनको निर्णयमा निक्कै बिरोधी थियो। आमाबुवा उनको निर्णयको बिरोधी थिए। फेरि उनकी हजुरआमाको साथ पाएका कारण आत्मविश्वास दिएको थियो।

किन र कसरी उनी आफ्नो हजुरआमाका लागि मिस वर्ल्डको क्राउन जित्नका लागि सफल भइन्?

उनले हजुरआमालाई खुशी मात्र दिलाइनन्,मिस वर्ल्डको सिंहासनमा बसाएर एउटा इतिहास रचेकी थिइन्।

उनको परिवार जिन्स समेत लगाउन दिने प्रकारको थिएन। तर, उनले परिवारले थाहा नपाईकन मिस इन्डियाको फारम भरिन्। बुवालाई उनले भनिन्,‘म मिस इन्डियामा भाग लिन्छु भन्ने जानकारी गराउन चहान्छु।’

बुवा केही पनि बोलिनन्। तर जब उनले मिस इन्डियाको ताज जितिन् परिवार केही खुशी भयो। तर जब उनले मिस वल्र्डको ताज जितिन्, अनौठो घटना भयो। 

युक्ता मुखी सन् १९९९ मा ‘मिस वर्ल्ड’को उपाधि जितेपछि भारतको शान बनेकी थिइन्। उचाइ, सौन्दर्य र आत्मविश्वासको प्रतीक बनिन् उनी। तर उनको निजी जीवन भने यति सहज र सुखद रहेन। ग्ल्यामरको दुनियाँमा चम्किएकी युक्ताको जीवनमा दुःख, धोका, घरेलु हिंसा र न्यायको लडाइँले गहिरो छायाँ परेको थियो। 

युक्ता मुखीको जन्म ७ अक्टोबर १९७७ मा भारतको मुम्बईमा भएको थियो। उनी भारतीय संस्कार र परम्परामा हुर्किएकी थिइन्। सुरुमा मोडलिङ र पेजेन्टमा रुचि राखेकी युक्ताले १९९९ मा मिस इन्डिया वल्र्ड जितेपछि लन्डनमा आयोजित मिस वर्ल्ड प्रतियोगितामा भाग लिइन्। त्यहाँ उनले विश्वभरका प्रतिस्पर्धीलाई पछि पार्दै मिस वर्ल्ड १९९९ को उपाधि जितिन्।

उक्त जितसँगै उनी तत्कालीन समयकी सबैभन्दा अग्ली मिस वर्ल्ड (६ फिट १ इन्च) पनि बनिन्। उनको मुस्कान, इमान्दार व्यक्तित्व र नारी सशक्तिकरणका विषयमा धारिलो धारणा विश्वभर प्रशंसा पायो।

मिस वर्ल्ड भएपछि युक्ताले बलिउडमा प्रवेश गरिन्। तर उनको फिल्मी यात्रा खासै सफल भएन। उनले केही हिन्दी र दक्षिण भारतीय फिल्महरूमा काम गरिन्, तर कुनैले पनि व्यवसायिक सफलता पाएनन्। 

अभिनयमा रुचि हुँदाहुँदै पनि राम्रो स्क्रिप्ट, सशक्त भूमिका र समर्थनको अभावले उनको करिअर सुस्त रह्यो।

युक्ता मुखीको जीवनमा सबैभन्दा दुःखद पक्ष बनेको थियो उनको विवाह। उनले ८ मार्च २००८ मा राजस्थानी व्यापारी प्रिन्स टुलीसँग विवाह गरिन्। विवाह सुरुमा सुखद जस्तो देखिए पनि केही समयमै तिनको सम्बन्धमा दरार देखा पर्न थाल्यो।

सन् २०१३ मा युक्ताले आफ्नो पतिविरुद्ध घरेलु हिंसाको मुद्दा दायर गरिन्। उनले सार्वजनिकरूपमा भनेकी थिइन् कि उनले वर्षौंसम्म मानसिक, भावनात्मक र शारीरिक हिंसा सहिन्। 

yukta-1753163509.jpg
 

विवाहपछि उनको व्यक्तिगत स्वतन्त्रता खोसिएको, करिअरमा रोक लगाइएको, तथा निरन्तर अपमान र नियन्त्रणको शिकार बनाइएको थियो।
युक्ताले भनेकी थिइन्, ‘मैले यो सबै सहनु अनिवार्य ठानें, तर कुनै दिन लाग्यो कि आत्मसम्मान जोगाउनु जीवनभन्दा ठूलो कुरा हो।’

उक्त मुद्दाले भारतीय समाजमा चर्चा पायो किनभने एक सफल, शिक्षित, ग्ल्यामरस महिला पनि घरेलु हिंसाको शिकार बन्न सक्छ भन्ने सत्य झल्किएको थियो।

मामिला अदालत पुग्यो। युक्ताले धैर्यपूर्वक कानुनी प्रक्रिया सामना गरिन्। उनले महिलाको आत्मसम्मान र न्यायको आवाज बुलन्द बनाइन्। घरेलु हिंसासम्बन्धी उनको अनुभवले धेरै महिलालाई पनि आफ्नो पीडा बोल्ने हिम्मत मिलायो।

विवाहपछि उनका लागि करिअरमा फर्कनु सहज थिएन। समाजको टिका–टिप्पणी, मिडियाको चासो र न्यायिक प्रक्रियाको बोझले उनलाई मानसिक रूपमा थकित तुल्यायो। तर उनी लडिरहिन्। आफ्ना लागि मात्र होइन, अन्य पीडित महिलाहरूको आवाज बन्न पनि।

युक्ता मुखी हाल सार्वजनिक जीवनबाट टाढा छिन्। उनी कहिलेकाहीं महिला सशक्तिकरणका कार्यक्रममा देखिन्छिन्। उनले सशक्तिकरण, आत्मनिर्भरता र आत्मसम्मानको सन्देश फैलाउने काममा रुचि देखाएकी छन्। यद्यपि उनले आफ्नो भूतकाललाई बिर्सेकी छैनन्, उनले त्यसलाई आफ्नो शक्ति बनाएकी छन्।

उनले भनेकी थिइन्, ‘म एउटा मिस वर्ल्ड थिएँ, तर म अझै पनि जीवनसँग लडिरहेकी आम महिला हुँ।’

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप मनोरञ्जन