नेभिगेशन
सुरक्षा–अपराध

जनकपुरको गेष्ट हाउसमा सँगै छिरेका थिए, दिनेश नग्न रुपमा रगताम्य खसेपछि भागेकी जुली पक्राउ

काठमाडौं– जनकपुरको एक गेष्ट होउसमा सँगै छिरेका युवा युवती मध्यकी भागेकी जुली झालाई प्रहरीले पक्राउ गरेको छ।

महोत्तरी गाउँपालिका १ पर्साका २८ वर्षीय शनी भनिने विमलेश यादवको हत्याको आरोपमा पक्राउ झालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालय धनुषाले महोत्तरीको बलवा नगरपालिका वडा नं ७ बनौटाकी २४ वर्षीया जुली झालाई सोमबार सार्वजनिक गरेको छ।

शनिबार राति विमलेशलाई जनकपुरको होटल एसपी एण्ड गेष्टहाउसमा छुरा प्रहार गरी एक तलाबाट खसालेको आरोप झा माथि छ। 

विमलेशको आइतबार बिहान ७ः४५ बजे प्रादेशिक अस्पताल जनकपुरमा उपचारको क्रममा मृत्यु भएको थियो।

शनिबार राति ९ बजेर ५५ मिनेटमा विमलेश र जुली होटेलभित्र गएको, त्यसको करिब ५ घण्टापछि अर्थात् आइतबार बिहान २ बजेर ५७ मिनेटमा विमलेश नग्न र रक्ताम्य अवस्थामा होटलको पहिलो तलाबाट खसेको र लगत्तै जुली तल ओर्लेर भागेको सीसीटीभी रेकर्डमा छ।
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
लोकप्रीय
थप सुरक्षा–अपराध