नेभिगेशन
मनोरञ्जन

दुर्गेश, सिसन र गुराँस नानीको गीतका नयाँ–नयाँ रेकर्ड, युट्युव ग्लोबल ट्रेन्डिङमा

काठमाडौं– दुर्गेश थापाको स्वरमा रहेको ‘जाने भए जाउँ माया’ बोलको गीत रिलिज भएको तीन दिनमा नै ग्लोबल ट्रेन्डिङमा परेको छ भने नयाँ–नयाँ रेकर्ड कायम गरिरहेको छ।

थापासहित सिसन बानियाँ र गुँरास नानीको सहकार्य रहेको गीतले यसले रिलिजको २४ घण्टामा सबभन्दा धेरै हेरिने नेपाली गीतको रेकर्ड बनाएको छ।

गीतले रिलिजको १९ घण्टामै यसअघि विष्णु माझीका नाममा रहेको रेकर्ड तोडेको थियो। यो रिलिजको २४ घण्टाभित्र अमेरिकामा युट्युब ट्रेन्डिङमा आउने पहिलो नेपाली गीत समेत बनेको छ।

रिलिजको तीन दिनको छोटो समयमै गीत युट्युब म्युजिकको ग्लोबल ट्रेन्डिङमा समेत समावेश भएको छ। यसअघि यति छोटो समयमै कुनै नेपाली गीत ग्लोबल ट्रेन्डिङमा परेका थिएनन्। 

शनिबार गीत युट्युब म्युजिकको ग्लोबल ट्रेन्डिङमा १० औं स्थानमा थियो भने आइतबार ३४ नम्बरमा छ।
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप मनोरञ्जन

नाम नीति शाह, फिल्म भएनन् वाह!