नेभिगेशन
मनोरञ्जन

नाम नीति शाह, फिल्म भएनन् वाह!

काठमाडौं– नाम र सुन्दरताको जति चर्चा भए पनि नीति शाहले अभिनय गरेका फिल्मले ‘वाह!’ भन्ने कमाई गर्न सकेका छैनन् भने चर्चा पनि खासै पाएनन्।

उनको पहिलो फिल्म खजुरे ब्रो त फ्लप नै भयो। दोस्रो, ज्वाँई साहवमा जितु नेपालसँग स्क्रिन शेयर गरे पनि फिल्मको कमाई औसत भयो। जबकि, दशैंको फूलपाती लागेका अन्य फिल्मले १० करोडभन्दा माथि कमाउँदा शाह अभिनित ज्वाँई साहव तीन करोडको आसपासमा पनि पुगेन। 

उनको तेस्रो फिल्म राजेश हमालसँग रोमान्स गरेको नरसिंह अवतार थियो। जसले हलमा लामो समय रहने मौका पाएन। दर्शकले पनि राजेश हमालको कमब्याकमा रहेको फिल्म रुचाउने बताइएको थियो तर अपेक्षाकृत व्यापार हुन सकेन। 

मिस नेपाल इन्टरनेशनल जितेकी र अनुपम खेरको स्कुलमा तीन महिना अभिनयको तालिम लिए पनि नीति शाहले उच्चतम फिल्म नरोजेकी हुन् या उनको रोजाइअनुसार अभिनय नभएको हो? 
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप मनोरञ्जन