नेभिगेशन
राजनीति

पतञ्जली जग्गा भ्रष्टाचार प्रकरणः माधव नेपालको पक्षमा बहस गर्ने वकिल ‘दश दर्जन’

काठमाडौं– पतञ्जली जग्गा भ्रष्टाचार प्रकरणको बयानका लागि विशेष अदालत पुगेका पूर्वप्रधानमन्त्री माधवकुमार नेपालको पक्षमा बहस गर्न दश दर्जन अर्थात् १२० जना कानुन व्यावसायी (वकिल) नाम लेखाउन पुगेका छन्।

माधवकुमार नेपालले बुधबार विशेष अदालत काठमाडौंमा उपस्थित भएर बयान दिएका छन्। 

विशेषका न्यायाधीशत्रय तेजनारायण सिंह राई, रामबहादुर थापा र विदुर कोइरालाको इजलासमा नेपालको बयान सकिएको छ।

अब थुनछेक बहसको पालो छ। थुनछेक बहसका लागि नेपालका तर्फबाट गोविन्द बन्दीलगायत १२० जना वकिलहरूले नाम टिपाएका छन्। उनीहरूले वकालतका लागि नाम टिपाए पनि केही कानुन व्यवसायीले मात्र बहस गर्नेछन्। 

नेपालपक्षका कानुन व्यवसायीहरू आजै थुनछेक सक्काउने तरखरमा छन्। कम्तिमा ३५ जनाले बहस गर्न सक्ने बताइन्छ। बहस नसकिएको खण्डमा नेपाललाई तारेखमा या थुनामा पठाउने प्रावधान अदालतले गर्नेछ।
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप राजनीति

माधव नेपालको थुनछेक बहस सकियो