नेभिगेशन
राजनीति

एमालेको विधान महाधिवेशन भदौमै, तीनवटा दस्तावेज प्रस्तुत गरिने

काठमाडौं- प्रमुख सत्तारुढ नेकपा एमालेले दोस्रो विधान महाधिवेशनमा ललितपुरको गोदावरीस्थित सनराइज हलमा निर्धारित मिति आगामी भदौ २०-२२ मै गर्ने भएको छ ।

बुधबार बसेको सचिवालय बैठकले दोस्रो विधान महाधिवेशन निर्धारित मितिमै गर्ने निर्णय गरेको उपमहासचिव प्रदीप ज्ञवालीले जानकारी दिए ।


‘पार्टीभित्रका विषयबारे छलफल भएको छ । पार्टीमा भावनात्मक एकतालाई बलियो बनाउने निर्णय भएको छ’, उनले भने, ‘दोस्रो विधान महाधिवेशनमा आगामी भदौ २० देखि २२ गते गर्ने निर्णय भइसकेको छ । त्यो महाधिवेशन सनराइज हल गोदावरीमा हुनेछ । उक्त महाधिवेशनमा तीनवटा दस्तावेज प्रस्तुत हुनेछन् ।’

उनका अनुसार राजनीतिक प्रस्ताव अध्यक्ष केपी शर्मा ओलीले प्रस्तुत गर्नेछन् । त्यस्तै विधान संशोधन प्रस्ताव उपाध्यक्ष विष्णु पौडेल र संगठनात्मक प्रस्ताव महासचिव शंकर पोखरेलले प्रस्तुत गर्ने भएका छन् ।


विधान महाधिवेशनको तयारीका लागि केन्द्रीय कार्यालयले काम थाल्ने उनले बताए । विधान महाधिवेशनअघि छलफलका लागि एमालेले केन्द्रीय कमिटी बैठक साउन ५ गतेलाई डाकेको छ ।

त्यसअघि साउन २ गते पोलिट्ब्युरो बैठक बस्नेछ । साउन ५ गतेको बैठकले वपिधान संशोधन प्रस्ताव गर्ने ज्ञवालीले बताए । त्यहाँबाट विधान संशोधन प्रस्ताव छलफलका लागि तल्ला कमिटीमा लैजाने उनले बताए ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप राजनीति

माधव नेपालको थुनछेक बहस सकियो

ओलीले तिरे एमालेको लेबी