नेभिगेशन
राजनीति

पतञ्जली जग्गा भ्रष्टाचार प्रकरणः पुर्वप्रधानमन्त्री माधव नेपाललाई ३५ लाख धरौटीमा छाड्न आदेश

काठमाडौँ । पञ्जली योग पीठ तथा आयुर्वेद कम्पनीसँग सम्बन्धित जग्गा हिनामिना प्रकरणमा पूर्वप्रधानमन्त्री माधव नेपाललाई ३५ लख रुपैयाँमा धरौटीमा छाड्न आदेश गरेको छ । 

विशेष अदालतका न्यायाधीश तेजनारायण सिंह राईसहित रामबहादुर थापा र विदुर कोइरालाको इजलासले नेपाललाई धरौटीमा छाड्न आदेश गरेको हो । 

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गत जेठ २२ गते पतञ्जली जग्गा हिनामिना प्रकरणमा नेपालसहित ९३ जनाविरुद्ध मुद्दा दायर गरेको थियो । 


विशेषले गरेको म्याद तामेलीपछि नेपाल आज बिहान अदालतमा आफैँ उपस्थित भएका थिए ।

यस्तो छ घटनाको पृष्ठभूमी
पतञ्जलि योगपीठले काभ्रेमा जडीबुटी खेती र आयुर्वेद अस्पताल बनाउन २०६४ मा कम्पनी दर्ता गरी हदबन्दी छुटमा जग्गा खरिद गरेको थियो। २०६६ मा माधवकुमार नेपालको मन्त्रिपरिषद्ले ८१५ रोपनी जग्गा खरिद गर्न अनुमति दिएको थियो, जसमध्ये करिब ६०० रोपनी खरिद भएको थियो। तर, खरिद गरेको केही महिनामै पतञ्जलिले जग्गा बिक्री गर्ने निर्णय गर्‍यो।

भूमिसम्बन्धी ऐन, २०२१ अनुसार हदबन्दी छुटको जग्गा बिक्री गर्न नमिल्ने र कम्पनी विघटन भएमा जग्गा सरकारको हुने व्यवस्था छ। तैपनि, सरकारले बिक्रीको अनुमति दिएपछि विवाद उत्पन्न भयो र अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिन थालेको थियो ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप राजनीति

माधव नेपालको थुनछेक बहस सकियो

ओलीले तिरे एमालेको लेबी