नेभिगेशन
राजनीति

सदनमा अवरोध नछाड्ने भए संसदीय व्यवस्था विश्वास छैन भनेर देखाउन रास्वपा र राप्रपालाई सरकारको चुनौती

काठमाडौँ- सञ्चार मन्त्री पृथ्वी सुब्बा गुरुङले रास्वपा र राप्रपालाई संसदीय गतिविधि प्रभावित नपार्न आग्रह गरेका छन् ।

मन्त्रिपरिषद्को निर्णय सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा बोल्दै कर्मचारीमाथि अख्तियारले छानबिन सुरु गर्दा पूर्वाग्रह राखेर राजीनामा मागेको आरोप लगाए ।

सरकारका प्रवक्ता समेत रहेका उनले भने, ‘कुनै व्यक्तिमाथि पूर्वाग्रह राखेर यति नभए हुँदै हुँदैन भन्ने ढंगले संसदमा प्रस्तुत हुन मिल्दैन। उहाँहरूमा परिपक्वता पनि देखिँदैन। कि रास्वपाले भन्न सक्नुपर्‍यो संसदीय व्यवस्था र यो व्यवस्थाप्रति विश्वास छैन भनेर। होइन भने समस्या समाधान गर्ने थलोमा अवरोध गरेर हुन्छ ।’

उनले माओवादीसँग सहमति गरेर नै सरकारले छानबिन समिति गठन गरेको बताए । उनले हठ त्यागेर संसदीय कारबाहीमा सहभागी हुन आग्रह गरे। प्रतिपक्ष दलहरू मेरो गोरुको बाह्रै टक्का भने जस्तोगरी प्रस्तुत भएर समस्याको समाधान गर्नबाट भागेर मुलुकलाई एउटै विषयमा अड्काउन खोजेको आरोप लगाए ।

उनले थपे, ‘मन्त्रालयको कुनै कर्मचारीमाथि अख्तियारले अनुसन्धान गर्न थाल्दा मन्त्रीले राजीनामा दिँदै जाने कुरा हुँदैन। त्यो व्यक्तिसँग जोडिएको विषय छैन । यो संसदीय विधि र पद्धतिअनुसार छैन । सरकारले कुनै हठ गरेको छैन । संसद् बहिष्कार गरिरहेका प्रतिपक्षी दलहरूलाई म के आग्रह गर्दछु भने स्वीकार गरेर जानुपर्छ ।’

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप राजनीति

माधव नेपालको थुनछेक बहस सकियो

ओलीले तिरे एमालेको लेबी