नेभिगेशन
समाज विविध
साताको चर्चा

पत्रकार दिलभूषणले आरजु राणाको युलेन्स स्कुलमा ६७ प्रतिशत छुटमा पढाएका थिए छोरी वाणीभूषण

काठमाडौं– पत्रकार दिलभूषण पाठकले हिल्टन होटलमा कांग्रेस सभापति शेरबहादुर देउवा र परराष्ट्रमन्त्री आरजु राणाका छोरा जयबीरसिंह देउवाको लगानी रहेको रिपोर्ट युट्युब च्यानलमा प्रशारण गरेको विषयमा साइबर ब्यूरोबाट पक्राउ पूर्जी जारी भयो।

भलै यो विषयमा छलफल गरी कानुनी हिसाबमा गर्नू भनी उच्च अदालत पाटनले आदेश दिइसकेको छ। तर, पाठक प्रकरणमा ३५ सम्पादकको विज्ञप्ति, नेपाल पत्रकार महासंघको ध्यानाकर्षण, साइबर ब्यूरोको पक्राउ पूर्जी, मन्त्री राणा र नेपाल रिपब्लिक मिडियाकी निर्देशक शोभा ज्ञवालीबीचको सम्वाद, धम्की र प्रष्टीकरण चल्तीका हेडलाइन बनेका थिए। 

यसबाहेक युलेन्स स्कुलमा पढेकी पत्रकार दिलभूषणकी छोरी वाणीभूषणले एक औपचारिक कार्यक्रममा स्कुल सञ्चालक समेत रहेकी मन्त्री राणासँग स्टेजमा सम्मान ग्रहणपछि हात नमिलाएको भिडिओले झनै चर्चा पायो। 

सोसियल मिडियामा यहि भिडिओका कारण मन्त्री राणालाई गालीको बर्षा भयो। मन्त्री राणाले शक्तिको प्रयोग कहाँ कसरी गरेकी छन् त्यो अलग कुरा भयो तर उनले प्रष्ट भनेकी छन्,‘प्रेस काउन्सिलमा उजुरी दिन नमिल्ने भएपछि साइबर ब्यूरोमा दिएका हौं।’

यसले पत्रकार दिलभूषणलाई कति मार परेको होला त्यो बहस भैसकेको अवस्था छ। तर जसरी वाणीभूषणको भिडिओ सार्वजनिक गरी फरक हिसाबको चर्चा गरिँदैछ। यसबीचमा नयाँ विवरण पनि सतहमा आएको छ।

युलेन्समा स्कुलमा पढेकी ‘कान्तिपुर टेलिभिजनदेखि न्यूज २४’सम्मका प्रधान सम्पादक भैसकेका दिलभूषणकी छोरी वाणीभूषणलाई ६७ प्रतिशत छात्रवृत्ति दिलाइएको थियो। 

स्कुलसन्निकट उच्च स्रोतका अनुसार पत्रकार पाठकको सिफारिसका आधारमा राणामार्फत नै उक्त छुट गराइएको थियो। ‘तर अहिले उनै राणालाई हात नमिलाएको भिडिओ भाइरल बनाएर दानवीकरण गर्न खोजिएको छ’, राणानिकट भन्छन्,‘कुरो कहाँ नमिलेको हो? के भएको हो? यो विषयको गहिराईमा नजाने प्रवृत्ति छ। पत्रकार पनि कानुनभन्दा माथि होइन होला, कि उनको च्यानलचाहिँ दर्ता हुन नपर्ने? तथ्य परिक्षण नगरी जे पनि बजाउन पाइने हो?’

कांग्रेस सभापति शेरबहादुर देउवानजिक रहेका एक जना रचन कार्कीले त सामाजिक सञ्जालमा पत्रकार दिलभूषणलाई माफी समेत दिन नहुने भनी लेखेका छन्। 

Screenshot-2025-06-18-101252-1750221388.jpg
देउवासँग कभर तस्बिर राखेका कार्की लेख्छन्,‘मैले त पहिल्यै भनेको थिएँ, १०० प्रतिशत डिस्काउन्ट दिएन होला त्यहि भएर अफवाह न्युज बनाई पछि बार्गेनिङ गरि काम निकाल्छु भन्ने सोचे होला तर नबिराउन नडराउनु भाव बोकेर जयबिरले केस गर्दिए।’ 

कार्की यत्तिमा रोकिएका छैनन्, उनले अहिले अदालतले पनि नसमात्नचाँही भनेन भन्दै लेखेका छन्,‘छलफल गर्ने मौका दिएको छ तर माफी चाँही दिनुहुन्न है, नत्र यस्तै नजिर बस्छ।’

पछिल्लो पटक आएका विषयबारे पत्रकार दिलभूषण पाठकसँग सम्पर्क कायम गर्न खोजियो। तर, सम्भव भएन।
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाज विविध