नेभिगेशन
राजनीति

जसपा नेपाललाई एमालेले भन्यो- समर्थन फिर्ता लिने निर्णय नगर्नुभएको भए राम्रो हुन्थ्यो

काठमाडौँ- नेकपा एमालेले जसपा नेपालले अहिले समर्थन फिर्ता लिनुपर्ने अहिले कुनै कारण नभएको जनाएको छ ।

आज बसेको सचिवालय बैठकपछि उपमहासचिव प्रदीप ज्ञवालीले आफूहरूले बैठकको निर्णय थाहा पाएको भए पनि औपचारिक जानकारी नभएको बताए ।

उनले भने, ‘उहाँहरूले संसद्लाई अहिलेसम्म जानकारी गराउनुभएको छैन । त्यसो नगर्नुभएको भए हुन्थ्यो । यसबीचमा कुनै कारण नै छैन। केही विषयमा उहाँहरू आफ्नो कुरा राख्नुभएको थियो ।’

उनले जसपा नेपालकै प्रस्तावमा आफूहरूले भूमि अध्यादेश निष्क्रिय बनाएको बताए। उनले समर्थन फिर्ता लिन निर्णय नगरेको भए राम्रो हुने बताए ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप राजनीति

माधव नेपालको थुनछेक बहस सकियो

ओलीले तिरे एमालेको लेबी