नेभिगेशन
अर्थ विविध

नेपालमा ३२ अर्ब ८ करोडको स्मार्टफोन भित्रियो 

काठमाडौँ। चालु आर्थिक वर्ष २०८१/८२ को ११ महिना (साउन-जेठ) सम्ममा देशमा ३२ अर्ब बढीको स्मार्टफोन आयात भएको छ ।

भन्सार विभागले शुक्रबार सार्वजनिक गरेको ११ महिनाको तथ्यांक अनुसार ३२ अर्ब ८ करोड ७८ लाख १ हजार रुपैयाँको १९ लाख ७५ हजार ५ सय १३ थान स्मार्टफोन आयात भएको हो ।

उक्त परिमाणमा स्मार्टफोन आयात हुँदा सरकारले ५ अर्ब ९८ करोड २१ लाख २ हजार रुपैयाँ राजस्व संकलन गरेको छ ।


 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
लोकप्रीय
थप अर्थ विविध