नेभिगेशन
सुरक्षा–अपराध

वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने तीन जना पक्राउ

काठमाडौँ- वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा तीन जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा इलाम सूर्योदय घर भएका हाल भक्तपुर सूर्यविनायकमा बस्ने ६५ वर्षीय टंकनाथ कटुवाल, तनहुँ भिमाद नगरपालिका घर भएका काठमाडौँ गोकर्णेश्वर नगरपालिकामा बस्ने २७ वर्षीय शेर बहादुर कुमाल र मकवानपुर थाहा नगरपालिका घर भएका हाल काठमाडौँ टोखा नगरपालिकामा बस्ने ३१ वर्षीय अशिम नगरकोटी रहेका छन् ।

टंकनाथले युएई पठाइदिन्छु भन्दै १ जनाबाट १ लाख रुपैयाँ, शेरबहादुरले अजरबैजान पठाइदिन्छु भन्दै १ जना पीडितबाट ४ लाख ५० हजार रुपैयाँ र अशिमले डेनमार्क पठाइदिन्छु भन्दै १ जना पीडितबाट ५ लाख रुपैयाँ लिएर सम्पर्कविहीन भएको प्रहरीले जनाएको छ । सम्पर्कविहीन भएपछि पीडितहरूले दिएको उक्त उजुरीको आधारमा काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले काठमाडौँ विभिन्न स्थानबाट पक्राउ गरेको हो ।

हाल उनीहरूलाई पक्राउ गरी आवश्यक अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौँ पठाइएको छ । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप सुरक्षा–अपराध

काठमाडौंको निषेधाज्ञा हटाइयो