नेभिगेशन
विश्व

इराकका शासक सद्दाम हुसैनलाई फाँसी दिएका बेला यसकारण रोएका थिए अमेरिकी सेना?

काठमाडौं– इराकका शासक सद्दाम हुसैनलाई पक्राउ गरी युद्ध अपराधमा अमेरिकामा फाँसी दिइयो। 

उनलाई राक्षसीकरणका रुपमा चित्रित गरिएको थियो। तर उनी अमेरिकी हिरासतमा रहेका बेला सुरक्षामा खटिएका ‘सुपर ट्विेल’ भनिने सैनिक बलका सदस्यले भने पछि अनुभवलाई नमिठोसँग खुलाएका थिए। 

इराकका शासक सद्दाम हुसैनको अन्तिम समय कस्तो थियो भन्ने बारे उनीसँग त्यसबेला सुरक्षामा खटिएका अमेरिकी सैनिकले लेखेको पुस्तक ‘द प्रिजनर इन् हिज प्यालेस, हिज अमेरिकन गाड्र्स एण्ड ह्वाट हिस्ट्री लेफ्ट इनसाइड’मा उल्लेख छ।

सद्दामको अन्तिम समयसम्म उनको सुरक्षामा रहेका सैनिक विल वार्डेनवर्परले सो किताब लेखेका थिए।

विलले आफ्नो किताबमा सद्दाम हुसैनको अन्तिम समयको बारेमा विस्तृत रुपमा लेखेका छन्। 

विलले लेखेका छन्, ‘जब सद्दामलाई फासीका लागि फासी दिने व्यक्तिहरुलाई हस्तान्तरण गर्ने बेला भयो त्यति बेला उनीहरु (अमेरिकी सुरक्षाकर्मी) को आँखामा आसु थियो।

विलले आफ्नो एक साथी एडम रोजरसनलाई उदृत गर्दै लेखेका छन्, ‘हामीले सद्दामलाई एक मनोविकृत हत्याराको रुपमा कहिल्लै हेरेनौं। हामीलाई त उनी हाम्रो हजुरबाबा जस्तो लाग्दथ्यो।’

सद्दामविरुद्ध आफ्ना १४८ विरोधीहरुको हत्या गरेको आरोपमा मुद्दा चलाइएको थियो।

किताबमा सद्दामले इराकी जेलका आफ्ना अन्तिम दिनहरुमा अमेरिकी गायीका मेरी जे ब्लाइजाका गीत सुनेर बिताएका थिए। उनी हरेक दिन आफ्नो एक पुरानो एक्सरसाइज गर्ने बाइकमा बस्न रुचाउथे।

खानामा उनी गुलियो खानेकुराको शौकिन थिए। विलले लेखेका छन्, ‘अन्तिम दिनहरुमा सद्दामको व्यबहार एकदमै विनम्र थियो। उनले उनी एक क्रुर शासक भएको आभास दिदैनथे।’

क्युबाका फिडेल क्यास्ट्रोले सिकाएको सिगारको लतमा रहेका सद्दाम जेल परिसरमा फूल रोप्ने र रुख विरुवालाई माया गर्ने गरेको विलले लेखेका छन्।

आफ्नो खानाको बारेमा विशेष ख्याल गर्ने सद्धामले सबैभन्दा पहिला अम्लेट खाने गर्दथे। त्यसपछि मफिन, ताजा फलफुल खाने गर्दथे।

सद्धामले एक पटक आफ्नो छोरा उदयको एक डरलाग्दो किस्सा सुनाएका थिए। छोरा उदयले एक पार्टीमा गोलि चलाउदा कैयौं व्यक्तिको ज्यान गएको थियो भने कैयौं मानिस घाइते भएका थिए।

यसबाट रिसाएका सद्धामले उदयका सबै कारलाई आगो लगाउने आदेश दिएका थिए। सद्धामले उदयले सग्रह गरेका महंगा कार रोल्स रायस, फरारी र पोर्श जस्ता कारहरुलाई आगो लगाइदिएका थिए।

विलले किताबमा सद्धामको कोमल मनको बारेमा समेत उल्लेख गरेका छन्। विलले लेखेका छन्, ‘एक पटक उनको सुरक्षामा खटिएका एक सैनिकका दाजुको मृत्यु भयो, यो सुनेर सद्धामले अँगालो मार्दै आजदेखि तिमी मलाई आफ्नो दाजु भन भनेका थिए।’ 

त्यस्तै सद्धामले एक सैनिकलाई यदि मलाई मेरो सम्पत्ति प्रयोग गर्ने मौका दिइयो भने म तिम्रो छोराको शिक्षाको सबै खर्च बेहोर्छु भनेको पुस्तकमा उल्लेख थियो।

सुरक्षामा खटिएका सैनिकहरुलाई सद्धामसँग नजिकिने नहुने आदेशका बाबजुत कैयौं सैनिकसँग सद्धामको निकै रम्रो सम्बन्ध रहेको थियो। 

सद्धामले सैनिकहरुलाई आफ्ना कपडाहरु समेत दिने गर्दथे र सैनिकहरुले पनि ति कपडा लगाउने गर्दथे। 

विलले सद्धाम हिरासतमा रहेको अवधिमा उनको गरिमालाई चोट पुग्ने गरि व्यबहार कहिल्लै नगरेको लेखेका छन्।

यस पुस्तकमा सद्धामको मृत्यु भएपछि सुरक्षामा खटिएका सैनिकहरुले शोक मनाएका थिए। जबकी उनी अमेरिकाका कट्टर दुश्मन मानिन्थे। 

सद्धामको मृत्यु भएपछि उनको शव बाहिर ल्याएपछि त्याँहा भएका मानिसहरुले उनको शवमा थुकेका थिए। विलले लेखेका छन्, ‘त्यो दृश्य देखेर सुरक्षामा खटिएका १२ सैनिक अचम्ममा परेका थिए।’

सद्दामको सुरक्षामा खटिएका १२ सैनिक मध्ये एक सैनिक स्टिभ हचिन्सनले सद्धामलाई फासी दिएपछि अमेरिकी सेनाको जागिरबाट राजीनामा दिएका थिए।

किताबमा सद्दाम हुसैनले आफूलाई फासी नै भैनहाल्ने आशा अन्तिम समयसम्म पनि रहेको लेखेका छन्। सद्धामले सुरक्षाकर्मीहरुलाई भनेका थिए, ‘जेलबाट छुटे भने फेरी विवाह गर्छु।’

जब डिसेम्बर २०, २००६ मा सद्धामलाई केहि बेरपछि फासी दिने कुरा सुनाइयो उनी टुटेका थिए। उनले चुपचाप नुहाएर आफूलाई फासीका लागि तयार गरेका थिए।

सद्धामले फासिको केहीबेर अघि आफूले लगाएको रेमण्ड वील घडी सुरक्षाकर्मी स्टिभ (जसले फासीपछि सेनाको जागिर छोडे) लाई दिएका थिए। 

स्टिभले अस्वीकार गर्न खोज्दा पनि सद्धामले जबर्जस्ती सो घडी उनलाई दिएका थिए। सद्दामले दिएको घडी अहिले पनि स्टिभको जर्जियास्थित घरमा रहेको बताइन्छ।

(एजेन्सीहरुको अर्काइभ सहयोगमा)
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप विश्व