नेभिगेशन
सुरक्षा–अपराध

मख्खिएर युवतीसँग खाजा खान होटल पुगे, सर्वाङ्ग बनाएपछि खिचियो भिडिओ, अनि जे भयो

काठमाडौं– फेसबुकमा केटीको फ्रेन्ड रिक्वेस्ट एक्सेप्ट गरेपछि योगेन्द्र (नाम परिवर्तन)का जीवनमा आई परे केही यस्ता तिता अनुभव। 

त्यसपछि नियमित कुराकानी हुने र मख्ख परेर विभिन्न होटल रेस्टुरेन्टमा खाजा खुवाउन थाले, युवतीहरुलाई। 

महाराजगन्जस्थित बगर हाउसमा ‘आँचल चौगुठी’ नामक फेसबुक आईडीबाट पठाइएको फ्रेन्ड रिक्वेस्ट स्वीकार गरेपछि योगेन्द्र प्रत्यक्ष भेट गर्न पुगे।

त्यही भेटमा आँचलसँगै ममता तामाङ पनि उपस्थित थिइन्। एक जना भेट्न जाँदा दुई जना देखेपछि मख्ख परेका थिए। 

२०८१ चैत २६ गते ठमेलको होलिडे रिजेन्सी होटेलमा तीनै जना फेरि भेटिए। त्यहाँ खाजा र मादक पदार्थसँगै बसेको क्षणले योगेन्द्रको जीवनमा नयाँ मोड ल्यायो। उनी 

अचेत भएको बेला युवतीहरूले उनका आपत्तिजनक तस्वीर र भिडिओहरू खिचेका थिए।

सातापछि अनामनगरस्थित टिम्बुर रेस्टुरेन्टमा उनीहरू पुनः भेला भए। योगेन्द्रमाथि दबाब दिँदै आँचल, ममता, र उनीहरूका सहयोगी दीपक विष्ट तथा राजेन्द्र विष्टले ‘केस मिलाउन’ भन्दै ७० लाख रुपैयाँको माग गरे। 

तत्कालै पाँच लाख रुपैयाँको चेक दिइए पनि बाँकी रकमका लागि निरन्तर धम्की दिइयो।

योगेन्द्रले अन्ततः २०८२ जेठ ७ मा प्रहरीको सहायता मागे। 

अनुसन्धान सुरु गरेपछि सोही दिन आँचल चौगुठी र ममता तामाङ पक्राउ परे। उनीहरूको साथबाट पाँच लाखको चेक, मोबाइल फोन र अन्य प्रमाणहरू बरामद गरिए।

पक्राउ परेका दुई महिलाले राजेन्द्र विष्टको निर्देशनमा योजनाबद्ध रूपमा नग्न भिडिओ बनाइएको स्वीकारेका छन्। उनीहरू काठमाडौँ–५ का भाडाको डेरामा बस्दै आएका थिए भने फरार अभियुक्तहरू कञ्चनपुरका स्थायी बासिन्दा हुन्।

काठमाडौं जिल्ला अदालतमा ‘आपराधिक लाभ’ अन्तर्गत मुद्दा दायर भइसकेको छ भने फरार अभियुक्तहरूका लागि पक्राउ पुर्जी जारी गरिएको छ।

आपराधिक लाभका लागि अहिले विभिन्न हिसाबले युवती, महिला र कतिपय गिरोह नै सक्रिय रहेका निकै घटनाहरु सार्वजनिक भैरहेका छन्। यस मध्यको यो एक उदाहरण थियो।
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप सुरक्षा–अपराध

टिकटकर रमा बस्नेत पक्राउ