नेभिगेशन
सुरक्षा–अपराध

नागार्जुनका मेयर मोहन बस्नेत सम्पत्ति शुद्धिकरणमा दोषी ठहर

काठमाडौं- काठमाडौंको नागार्जुन नगरपालिकाका नगरप्रमुख मोहनबहादुर बस्नेत सम्पत्ति शुद्धिकरण मुद्दामा दोषी ठहर भएका छन् ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले १४ पुस २०८१ मा दायर गरेको मुद्दामा विशेष अदालतका न्यायाधीशद्वय टेकनारायण कुँवर र रामबहादुर थापाले दोषी ठहर गरेका हुन् ।

उक्त मुद्दामा बस्नेतलाई शुक्रबार दोषी ठहर गरेको विशेष अदालतले सजाय निर्धारणका लागि अर्को पेसी तोक्न पनि आदेश दिएको छ ।

अदालतले पद्मा कोलोनी र पद्मा मर्चेन्ट कम्पनी प्रालिका सञ्चालक तथा अध्यक्ष राजुप्रसाद कँडेलबाट ९ करोड २२ लाख ४६ हजार ३२ रुपैयाँ ३३ पैसा घुस लिएको पनि ठहर गरेको छ।

 

 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप सुरक्षा–अपराध