नेभिगेशन
मनोरञ्जन

साम्राज्ञीसँग ‘आहुती’ खेलेका प्रकाशले अञ्जलीसित सिक्वेलमा रमाए

काठमाडौं– लोकदोहोरी गीतमार्फत चर्चामा आएका गायक तथा मोडल प्रकाश दूतराजले फिल्ममा अभिनय थालेका छन्। एउटामा सकेका छन् भने अर्कोको पनि लगभग फाइनल भैसकेको बताइन्छ।

प्रकाश दुतराजले फिल्ममा डेब्यु गर्दैछन्। उनको पहिलो फिल्म ‘आहुती’ को छायांकन केही साताअघि सकिएको छ।

गुपचुप रूपमा छायांकन गरिएको फिल्ममा प्रकाशले अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाहसँग जोडी बाँधेका छन्। 

भवानी संग्रौलाको निर्माता तथा निर्देशन रहेको फिल्मको सिक्वेल ‘आहुती–२’ को चलचित्र विकास बोर्डबाट गत जेठमा निर्माण इजाजत लिइएको छ। जसमा कलाकारमा अञ्जली अधिकारी र विष्णु प्रसाद सापकोटाको नाम उल्लेख छ।

अञ्जली म्युजिक भिडिओकी चर्चित मोडल हुन् भने विष्णु प्रसाद सापकोटा ‘हर्के हल्दार’ का नामले परिचित पुराना कलाकार हुन्। त्यसमा पनि प्रकाशको भूमिका प्रधान रहेको छ।
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप मनोरञ्जन