नेभिगेशन
मनोरञ्जन

२६ हजार पनि ग्रस कलेक्शन नगरेको दिलीप रायमाझीको ‘हेल्लो काशीराम’ हेर्ने जम्मा १०४ जना

काठमाडौं– जेठ महिनामा रिलिज भएका अधिकांश नेपाली फिल्मले लगानी उठाउन नसक्दा केही फ्लपमा रेकर्ड नै कायम गरेको रिपोर्ट सतहमा आएको छ।

दर्शकले खासै धेरै चासो नदिँदा सिनेमाको व्यापार न्यून भयो। 

जेठ महिनामा रिलिज भएका कुनै पनि फिल्मले लगानी उठाउन नसकेको बताइएको छ। ‘हेल्लो काँशीराम’, ‘नरसिंहा ः अवतार’, ‘के घर के डेरा : घर नं २’, ‘जन्ते बाख्रो’ र ‘महाभोज’ रिलिज भएका थिए। 

यीमध्ये पनि ‘हेल्लो काँशीराम’ बक्सअफिसमा फ्लपमा रेकर्ड कायम गर्ने फिल्म बन्यो। 

जेठ २ गते सार्वजनिक प्रदर्शनमा आएको यो फिल्म देशभर गरेर जम्मा १०४ जनाले मात्रै हरेको तथ्यांक छ भने बक्सअफिसमा २५ हजार ५३५ रुपैयाँ ग्रसकलेक्सन गरेको स्रोतले बताएको छ। 

रिम विश्वकर्माको निर्देशन गरेको यो फिल्मको मुख्य भूमिकामा दीलीप रायमाझी थिए भने केमियोमा प्रियंका कार्कीलाई लिइएको थियो। यसबाहेक, सुरवीर पण्डित, रामचन्द्र अधिकारी, सुशील पोखरेल, उमेश राईलगायत कलाकारको अभिनय रहेको थियो। 

‘हेल्लो काँशीराम’को कथा पनि निर्देशक स्वयंले लेखेका थिए।
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप मनोरञ्जन