नेभिगेशन
राजनीति

राजसंस्थावादी बैठकमा राजेन्द्र लिङदेन थिएनन्, कमल थापाले बोले अनि के भयो?

काठमाडौं– राजसंस्था स्थापनाका लागि संघर्षका थप कार्यक्रमका लागि बसेको संयुक्त जनआन्दोलन समितिको बैठकमा राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन अनुपस्थित भएपछि कुनै निर्णयबिना नै स्थगित गरिएको छ।

संघर्षका थप कार्यक्रमका लागि बैठक डाकिएको थियो। नवराज सुवेदीको अध्यक्षतामा बसेको बैठकमा लिङ्देन नदेखेपछि कार्यकर्ताले हो हल्ला गरेका थिए। राप्रपा नेपालका अध्यक्ष कमल थापाले सम्बोधन गरिरहेका बेला पनि हल्ला नरोकिएपछि सुवेदीले बैठक स्थगित गरेका थिए। 

लिङ्देन सदनको बैठकका लागि नयाँ बानेश्वरमा रहेका थिए। उता सदन बैठक पनि सरेको सरै गरेको छ। राजावादीको बैठक फेरि बस्ने तयारीसहित आन्दोलनका कार्यक्रमको खाका तयार भैरहेको छ।
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप राजनीति