नेभिगेशन
राजनीति

माधव नेपालमाथि प्रतिशोध लिइएको नेकपा एसको दाबी ठहर, अदालतबाट क्लिन चिट लिने दाबी

काठमाडौँ- नेकपा एकीकृत समाजवादीले अख्तियार दुरुपयोग अनुसन्धान आयोगबाट पतञ्जलि जग्गा प्रकरणमा अध्यक्ष माधव नेपालमाथि राजनीतिक प्रतिशोधका आधारमा मुद्दा चलाएको ठहर गरेको छ ।

पार्टी कार्यालय आलोकनगरमा बिहीबार बसेको उपलब्ध नेताहरूको बैठकले विगतदेखि नै पार्टी र नेताहरुकाविरुद्ध चलेको षड्यन्त्रको सिलसिला अनुसार अध्यक्ष नेपालमाथि पूर्वाग्रही ढंगले प्रतिशोध साँधिएको ठहर गरेको हो ।

बैठकपछि पत्रकारसँग कुरा गर्दै प्रवक्ता प्रकाश ज्वालाले अध्यक्ष नेपालमाथि लागेको आरोपको कानूनी र राजनीतिक प्रतिवाद गर्ने बताए । उनले अदालतबाट क्लिचिट लिएर यो पूर्वाग्रही कदम हो भन्ने सन्देश दिइने बताए ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप राजनीति