नेभिगेशन
समाज विविध

देउवा र कोइराला पक्षका दुई जना एकल प्रेमीः कांग्रेसका पूर्वमन्त्री र पूर्वसांसदले गरे ‘दोस्रो बिहे’

काठमाडौं– दुई एकल कांग्रेस नेताले जोडी बाँधेका छन्।

प्रतिनिधिसभा सदस्य तथा नेपाली कांग्रेस मोरङ सभापति डिगबहादुर लिम्बुले संविधानसभा सदस्य उषा गुरुङसँग विवाह गरेका हुन्। 

दुवै जनाको विवाह दोस्रो हो। डेढ महिनाअघि बैशाखमा नै यो जोडीले लगन गाँठो कसेको खुलेको हो।

केही दिनअघि गुरुङले आफ्नो प्रोफाइलमा मेरो संसार भन्दै लिम्बुसँगको फोटो सेयर गरेपछि विवाह गरेको विषय बाहिर आएको थियो।

पूर्वयूवा तथा खेलकुदमन्त्री तथा मोरङ क्षेत्र नम्बर १ का सांसद लिम्बूकी पत्नी गंगामाया लिम्बूको पत्नी गंगामायाको २०८० पुस २६ गते क्यान्सर रोगका कारण निधन भएको थियो।

डिगबहादुरका १ छोरी र १ छोरा छन्। संविधान सभा सदस्य उषाको पतिसँग सम्बन्ध विच्छेद भएको थियो।

कांग्रेस नेताहरु अनुसार यो प्रेम विवाह देउवा र कोइराला पक्षका दुई एकल प्रेमीको हो। पूर्वमन्त्री लिम्बु नेता शेखर कोइरालाको कोटामा खेलकुद मन्त्री बनेका थिए भने उषा गुरुङलाई देउवातिर झुकाव राख्ने बताइन्छ। यद्यपि, गुरुङले यसबारे खुलेर कुरा गरेकी छैनन्। 

‘जो जसको भए पनि नेपाली कांग्रेसका दुई एकल जोडीले साथ साथ जीवन बिताउने निर्णय लिनु राम्रो खबर हो’, मोरङका एक कांग्रेस नेता बताउँछन्। 
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
लोकप्रीय
थप समाज विविध