नेभिगेशन
राजनीति

चन्द्र भण्डारीले भने- गलत गर्ने सबैलाई कारबाही हुनुपर्छ

काठमाडौँ- नेपाली काँग्रेसका नेता डा. चन्द्र भण्डारीले मन्त्रिपरिषद्को निर्णयको नाममा भएका सबै गलत काममा कारबाही हुनुपर्ने बताएका छन् ।

पूर्वप्रधानमन्त्री माधवकुमार नेपालविरुद्ध विशेष अदालतमा भ्रष्टाचारको मुद्दा दायर भएकोपछि सञ्चारकर्मीसँगको कुराकानीमा भण्डारीले सबै गलत काममाथि कारबाही हुनु पर्ने बताएका हुन् ।

‘सत्ताको रापतापमा मुलुक र जनतालाई घटना हुने काम गर्न हुँदैन भन्ने सबैले बुझ्नुपर्‍यो । अहिले माधवकुमार नेपाल पर्नुभयो । गल्ती त धेरैले गरेका छन्,’ उनले भने, ‘मन्त्रिपरिषद्को निर्णय हो भनेर मुलुक र जनतालाई घाटा हुने जे पनि काम गर्न पाइँदैन ।’

सत्ताको आडमा धेरैले गलत काम गरेको भन्दै उनले ती सबैलाई कारबाहीको दायरामा ल्याउनु पर्ने बताए । ‘कारबाही सबैलाई हुनुपर्छ । एउटालाई मात्र होइन,’ उनले थपे, ‘जेल पनि ठूलो बनाउनुपर्‍यो ।’

उनले योग्य भन्दा आफ्ना मान्छे खोज्ने प्रवृत्तिका कारण सबै क्षेत्र राजनीतिकरण भएको बताए ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप राजनीति