नेभिगेशन
समाज विविध

आयोगले डामेका गुरागाँईको एमाले धक्कु, राजु पाण्डे निलम्बन गरेसी सर्वाङ्ग 

काठमाडौं– काठमाडौं महानगरपालिकाका प्रमुख कार्यकारी अधिकृत सरोज गुरागाँईले सीमाभन्दा बढी अनैतिक काममा हात हाल्न थालेका छन्।

उनले प्रमुख कार्यकारीको पदलाई प्रतिशोधको कडी बनाएको पछिल्लो प्रमाण महानगर प्रहरी प्रमुख राजु पाण्डेमाथिको निलम्बन हो। 

एमालेका संगठीत सदस्यता रिजर्भमा राखेका गुरागाँईले निजामति सेवामा प्रवेश गरेपछि निक्कै विवादीत काम गरेका कयन उदाहरण छन्। 

तर पाण्डेका हकमा गरिएको कारबाहीमा एउटा मात्र उदाहरण काफी छ, अधिकार उल्लंघनको कारण। 

महानगरपालिकामा उपमेयर सुनिता डंगोलको ढाडस पाएका गुरागाँईले अहिले मनोपोली सुरु गर्ने क्रममा पाण्डेमाथि कारबाहीको डन्डा चलाउन सुरु गरे, विस्तारै एमालेइतर समूहका कर्मचारीमाथि पनि उनले कारबाही गर्ने सूची तयार पार्न लगाएका छन्।

उच्च स्रोतका अनुसार महानगर प्रमुख बालेनप्रति उदार भएका विभागीय अधिकारीमाथि पनि उनले कारबाहीको डन्डा चलाउने योजना बनाएका छन्।

तर, यी गुरागाँई आफैं पनि नाङ्गेझार भैसकेका निजामती कर्मचारी हुन्। बालेनले त यीनलाई भ्रष्ट भएको भन्दै प्रवेश दिएका थिएनन्। 

बालेनभन्दा अघि राष्ट्रिय मानव अधिकार आयोगले नै डामेका गुरागाँईलाई एमालेले ‘साँढे’ बनाउन खोजेको बताइन्छ।

तर यि गुरागाईं को हुन्? 

राष्ट्रिय मानव अधिकार आयोगको कालोसूचीमा परेका व्यक्ती हुन् गुरागाँई। 

सिरहामा प्रमुख जिल्ला अधिकारी (सिडीओ) हुँदा एक निर्दोष व्यक्तिलाई स्वेच्छाचारी रूपमा पक्राउ गरी गैरकानुनी थुनामा राखेको आरोपमा आयोगले गुरागाँईलाई कालोसूचीमा राखेको थियो। 

अधिकार उल्लंघनकर्ताको कालोसूचीमा रहेका पात्रले  अधिकार उल्लंघन भयो भनेर प्रमुख पाण्डे निलम्बन गर्नु नैतिकताले दिन नमिल्ने कतिपय जानकारको टिप्पणी छ। 
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाज विविध