नेभिगेशन
राजनीति

माधव नेपाललाई एमालेको जवाफ- संबैधानिक आयोगका काममा प्रधानमन्त्रीलाई जोड्नु ठिक भएन

काठमाडौँ - नेकपा एमालेका प्रमुख सचेतक महेश बर्तौलाले संबैधानिक आयोगले गरेका काममा प्रधानमन्त्रीलाई जोड्नु उपयुक्त नभएको बताएका छन् ।

पुर्व प्रधानमन्त्री एवं एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललाई अख्तियारले मुद्धा दायर गरेको विषयमा संसद परिसरमा पत्रकारहरुसँग कुरा गर्दै बर्तौलाले यस घटनामा प्रधानमन्त्रीलाई जोडेर नबोल्न आग्रह गरेका हुन् । उनले राज्यका अंगहरुमाथि फितलो टिप्पणी गर्नु ठिक नभएको भन्दै बर्तौलाले सस्तो लोकप्रियताका लागि प्रधानमन्त्रीलाई नजोडन अनुरोध गरेका छन् ।


उनले भनेका छन्- यस प्रकारको आरोप लगाउने कुरा उहाँहरुको स्वास्थ्यको लागि पनि राम्रो कुरा होइन । प्रधानमन्त्रीलाई यस विषयमा किन रुची हुनुपर्यो । संबैधानिक आयोगले गरेका काम प्रक्रियाका बारेमा प्रधानमन्त्रीले गर्यो भनेर आरोप लगाउदै जाने र राज्यका अंगहरुमा यस प्रकारका फितलो टिप्पणी राम्रो भएन । उसले गरेका कामका बारेमा राज्यका अन्य कानुन बमोजिमका निर्माण भएका अदालती संरचनाहरु छन्, त्यहिबाट यसको उपयुक्त व्याख्या हुनुपर्छ । यस प्रकारको सस्तो लोकप्रियताको लागि अभिव्यक्ति नदिन उपयुक्त हुन्छ ।'


अख्तियारले विहिबार पतञ्जली जग्गा सट्टापट्टा प्रकरणमा अनियमितता गरेको आरोपमा अध्यक्ष नेपालसहित ९३ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको हो । अख्तियारले नेपालसँग १८ करोड ५८ लाख ५० हजार बिगो मागदाबी गरेको छ । 


मुद्धा दायर भएसँगै अध्यक्ष नेपालको सांसद पद निलम्बित भएको छ ।   भ्रष्टचार निवारण ऐन, २०५९ को दफा ३३ को व्यवस्था अनुसार सार्वजनिक पदमा भएको व्यक्तिविरुद्ध मुद्दा दर्ता भएमा स्वतः निलम्बन पर्ने व्यवस्था छ ।


तत्कालीन प्रधानमन्त्री नेपालकै निर्देशनमा पतञ्जलीका नाममा हदबन्दी छुटमा जग्गा खरिद गर्न र किनेको दुई महिना नबित्दै गैरकानुनी रूपमा हाउजिङ कम्पनीलाई बेच्ने स्वीकृति दिएका थिए । २०६६ सालमा भारतीय योगगुरु रामदेवको पतञ्जली योगपीठ तथा आयुर्वेद कम्पनीले काभ्रेको बनेपामा ५९३ रोपनी जग्गा खरिद गरी ३५३ रोपनी हाउजिङ कम्पनीलाई बेचिएको थियो । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप राजनीति