नेभिगेशन
राजनीति

के एमालेले शिक्षित वर्गलाई स्विकार्छ ?

३२ बर्षे उमेर हद लागे पछि एमालेको विद्यार्थी संगठन अनेरास्ववियुमा अध्यक्षको प्रतिष्पर्धा रोचक हुन पुगेको छ । 

३२ वर्षे उमेर हदका कारण चार जना उपाध्यक्ष र एक जना महासचिव अध्यक्षको प्रतिस्पर्धाबाट बाहिरिएका छन् । उनीहरू बाहिरिएपछि सचिवहरूबिच प्रतिस्पर्धा हुन लागेको हो । अनेरास्ववियुको २४ औँ महाधिवेशन जेठ २५ देखि २८ गतेसम्म काठमाडौँमा हुँदैछ । त्यसका लागि ३२ वर्ष उमेर पुरा नभएका पाँच जना सचिवहरूबिच प्रतिस्पर्धा हुन लागेको हो ।

अब अध्यक्षका लागि सचिवहरू डा. सुजन कडेरिया, प्रकाश पौडेल, अञ्जना शिवाकोटी, दीपक धामी र आरती भट्टराईबिच प्रतिस्पर्धा हुनेछ । तीमध्ये डाक्टर सुजन कडेरियाको पल्लाभारी हुने आंकलन गरिएको छ । कडेरिया अनेरास्ववियुभित्र राम्रो पकड भएका मानिन्छन् ।

अनेरास्ववियुका एक पदाधिकारी भन्छन्, कडेरियाको सानैदेखि पढाईमा मेहेनती र जेहेन्दार, शब्दले मात्र लिपपोत गर्नुभन्दा कर्म गरेरै देखाउने, र साँचो अर्थमा सेवाभावले नै राजनितीमा सपर्पित भएका व्यक्ति हुन् । उनी नेतृत्वमा पुग्दा अनेरास्ववियुकै सम्मान बढ्ने छ । उहाँलाई नेतृत्वमा नल्याउनु भनेको संगठनले बौद्धिक, शालिन र अब्बल मानिसहरूलाई अगाडि बढाउदैन कि भन्ने पर्न सक्छ ।राम्रा होइन, हाम्रा छान्छ भन्ने भाष्य तोड्न अनेरास्ववियूमा कडेरियाको नेतृत्व चाहिन्छ ।

२०६६ सालमा एसएलसीमा डिस्टिङ्सन प्राप्त गरेका सुजन कडरियाले २०६७ सालमै अनेरास्ववियु भुगोल जिल्ला कमिटी मार्फत् आफ्नो राजनितीक जीवन सुरु गरेका थिए । त्यसपछि, प्लस टुमा विज्ञान संकाय लिएर पढ्दा शिक्षामा अब्बल भएरै छात्रवृत्ति पाएका सुजन कडरियाले प्लस टुमा डिस्टिङ्सन प्राप्त गर्न सफल भए । त्यसपछि, उनले नेपालभर लिइने एमबिबिएस (MBBS) प्रवेश परीक्षामा ११ औं स्थान हासिल गर्न सफल भएका थिए । 

२०७३ सालमा नविना लामाको पालामा काठमाण्डौ विश्वविद्यालयको अनेरास्ववियु अन्तर्गत विद्यार्थी कल्याण परिषद्को संस्थापक अध्यक्षको रूपमा पनि डा. सुजन कडरियाले काम गरिसकेका छन् । २०७४ सालमा चिकित्सा क्षेत्रमा भएको भ्रष्टाचारविरुद्धको आन्दोलनको नेतृत्व डा. सुजन कडरियाले गरेका थिए भने अनेरास्ववियु अन्तर्गतको नेशनल मेडिकल स्टुडेन्ट्स एशोसिएसनका संस्थापक अध्यक्षसमेतको भुमिकामा थिए । 

पार्टी गतिबिधिबाहिर सामाजिक सेवामा पनि कडेरियाको उपस्थिति उल्लेखनिय देखिन्छ । २०७२ सालको विनाशकारी भूकम्पमा समेत क्षतिग्रस्त सिन्धुपाल्चोकमा स्वयम्सेवकको रूपमा खटिएर होस् वा कोरोना महामारीको पहिलो लहर (फर्स्ट वेभ) मा धुलिखेल अस्पतालमा अहोरात्र बिरामीको सेवामा काम गरेको योगदान होस्, कडेरिया सँधै सामाजिक कार्यमा अग्रणीरूपमा खटिएका देखिन्छन् । 

त्यसबाहेक उनले कोरोना महामारीको दोश्रो लहर (सेकेन्ड वेभ) मा रामेछापमा मेडिकल असिस्टेन्टहरूको कमी भएका बेला २७०० बिरामीहरूलाई खिम्ती अस्पताल मार्फत सेवा प्रवाह गरेका थिए । २०७९ मा विभिन्न सामाजिक कार्य गर्दै जाँदा उहाँले W.H.O - World Health Organization (डब्लुएचओ- विश्व स्वास्थ्य संगठन) मा लायजन अफिसर (Liaison Officer) भएर बागमतीका १३ वटै जिल्लामा मेडिकल सेवा प्रदान गरेका थिए । 

जाजरकोटमा गएको भुकम्पको समयमा कतैबाट कुनै सेवा र पारिश्रमिक नलिइ उनले एक महिनासम्म उद्दार र उपचारको कार्य गरेका थिए । त्यस्तै महोत्तरीको भिषण आगलागीमा तथा सर्लाहीमा विद्यालयस्तरीय सचेतना कार्यक्रम तथा निःशुल्क स्वास्थ्य शिविर सञ्चालनको अनुभव पनि उनीसँग छ । 

‘संगठनले अबको नेता भनेर गौरव गर्न सक्ने नेता उहाँ नै हुनुहुन्छ ।’ अनेरास्ववियूका पदाधिकारी थप्छन्, ‘यो गुट वा समूहको कारणले भनिराखेको होइन । दक्षता, सेवाभाव र संगठनमा काम गर्न सक्ने भनेर उहाँले पुष्टि गरिसक्नु भएकाले भनेको हुँ ।’

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप राजनीति