नेभिगेशन
राजनीति

भीआईपी बसाईका लागि जेल सरुवा गरिदिन रविको आग्रह, दीपक मनाङेकै ब्लकमा राख्नेगरी तयारी

काठमाडौं– सहकारी ठगी प्रकरणमा पूर्पक्षका लागि थुनामा भैरहवास्थित जिल्ला कारागारमा रहेका रास्वपा सभापति रवि लामिछानेले काठमाडौंको डिल्लीबजार जेल सरुवाको आग्रह गरेका छन्।

सोही आग्रहअनुसार कारागार प्रशासनले तयारी थालेको बताइएको छ। डिल्लीबजार कारागार भीआईपी थुन्ने ठाउँका रुपमा बुझिन्छ। गृहमन्त्री भैसकेका धेरै जना र प्रहरीका पूर्वप्रमुख समेत विभिन्न प्रकरणमा सोही कारागारमा बसेका हुन्। 

यसबाहेक गण्डकी प्रदेशका पूर्वमन्त्री दीपक मनाङे पनि अहिले यहिँ बन्दीका रुपमा छन्। लामिछानेलाई उनैको ब्लकमा राख्नेगरी तयारी भएको बताइएको छ।

सर्वोच्च अदालतको आदेशपछि थुना अवधि थप लम्बिने भएपछि उनले काठमाडौं सरुवा हुने चाहना व्यक्त गरेका थिए।

कारागार व्यवस्थापन विभागबाट निर्णय भएलगत्तै लामिछानेलाई डिल्लीबजार कारागार पठाइनेछ।

बुटवलको सुप्रिम सहकारी ठगी र संगठित अपराधको कसुरमा उच्च अदालत, तुलसीपुरको बुटवल इजलासले लामिछानेलाई २२ चैत २०८१ मा पुर्पक्षका

लागि थुनामा पठाउने आदेश दिएको थियो।
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप राजनीति