नेभिगेशन
राजनीति

संसद वैठक फेरि ४ बजेसम्मका लागि सर्‍यो

काठमाडौं- प्रतिनिधिसभाको आजको बैठक फेरि सारिएको छ । संसद् सचिवालयले दोस्रो पटक सूचना टाँस्दै अपराह्न ४ बजेसम्मका लागि बैठक सरेको नेकपा एकीकृत समाजवादीका सांसद राजेन्द्र पाण्डेले जानकारी दिए।

बिहान ११ बजे सुरु हुने भनिएको बैठक दलहरूबीच सहमति नहुँदा दिउँसो २ बजेसम्मका लागि सरेको थियो । २ बजेसम्म पनि सदनको गतिरोध अन्त्य गर्न विपक्षी दल तयार नभएपछि ४ बजेसम्मका लागि सारिएको हो ।

विपक्षी दलहरू नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, नेकपा एकीकृत समाजवादी पार्टीले भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखक मुछिएको आरोप लगाउँदै राजीनामा माग्दै सदन अवरोध जारी राखेका छन् । पाण्डेका अनुसार सत्तापक्ष उच्चस्तरी छानबिन समिति बनाउनुपर्ने विपक्षीको माग छ । तर सत्तापक्षले भने यसमा तयार छैनन् ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप राजनीति