नेभिगेशन
समाज विविध

यस वर्ष भारतमा १५ विदेशी विश्वविद्यालयले क्याम्पस खोल्ने

काठमाडौं– यस वर्ष भारतमा विभिन्न विदेशी विश्वविद्यालयले क्याम्पस खोल्ने भएका छन् । भारतीय शिक्षामन्त्री धर्मेन्द्र प्रधानले यसबारे जानकारी दिएका हुन् ।

उनका अनुसार विभिन्न विदेशी विश्वविद्यालयले भारतमा क्याम्पस खोलेर विज्ञान, प्रविधि, इन्जिनियरिङ र गणितको क्षेत्रमा अध्यापन गराउने योजना बनाएका छन् । गत सोमबार मात्रै बेलायतको लिभरपुल विश्वविद्यालयले बैंङ्गलुरुमा क्याम्पस खोल्ने अनुमति पाएको छ ।


यस वर्षमात्रै अरु ४ विदेशी विश्वविद्यालयले भारतमा शाखा खोल्ने अनुमति पाइसकेका छन् । त्यसबाहेक युनिभर्सिटी अफ साउथह्याम्पटनले पनि यसै वर्ष भारतमा क्याम्पस खोल्ने तयारी गरिरहेको न्यू इण्डियन एक्सप्रेसले जनाएको छ ।

शिक्षामन्त्री प्रधानले सन् २०४७ सम्म भारतलाई विकसित बनाउनका लागि शिक्षा क्षेत्रलाई विशेष महत्व दिनुपर्ने उल्लेख गरेका छन् ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाज विविध