नेभिगेशन
समाज विविध

अलपत्र ५६४ यात्रुलाई स्कर्टिङ मार्फत प्रहरीले पठायो गन्तव्यमा

काठमाडौँ- पोखरामा अलपत्र परेका यात्रुलाई कास्की प्रहरीले स्कर्टिङ गरेर गन्तव्यमा पठाएको छ ।

पोखराबाट गन्तव्यमा जान नपाएका ५६४ यात्रुलाई कास्कीका डीएसपी हरिबहादुर बस्नेतको कमान्डको टोलीले गन्तव्यमा पठाएको हो । बस्नेतका साथै सशस्त्र प्रहरी बल नेपाल नं. २४ गण हेडक्वाटर कालिकाबाट खटिएको टोलीले यात्रुलाई गन्तव्यमा पठाएको छ ।

पोखराको पर्यटक बसपार्कबाट १४ वटा सवारीसाधन काठमाडौं र ३ वटा चितवन गरी १७ वटा सवारीमार्फत यात्रुलाई गन्तव्यमा पठाइएको प्रहरीले बताएको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
लोकप्रीय
थप समाज विविध