नेभिगेशन
समाज विविध

धेरैपछि साथ–साथ देखिँदैछन् हिमानी–पारस शाह, ज्ञानेन्द्र कता छन्?

काठमाडौं– धेरै समयपछि हिमानी र पारस शाह सोमबार साथ–साथ दरबार हत्याकाण्डमा मारिएका राजा वीरेन्द्रका परिवारसहितको श्रद्धा अर्पण र दीप प्रज्वलन कार्यक्रममा साथ साथ देखिने छन्।

नेपालमा राजतन्त्रको अन्त्य घोषणा हुनासाथ पारस शाह र हिमानी शाहको सम्बन्ध पनि करिब– करिब अन्त्य नै भएको अनुमान लगाइएको थियो। पारसको अतिरिक्त अफेयर र विदेश पलायनलगायतका चरित्रका कारण।  

पारसको लागु औषध लिने चरित्र, थाइल्यान्डकी प्रेमिका कन् निका चाइयर्सनसँगको सम्बन्धका कारण हिमानी टाढा भएकी थिइन्। पारस नेपाल फर्केपछि पनि उनीहरुको सम्बन्धमा मिठास थिएन। 

राजसंस्थावादी आन्दोलनको पेरीफेरिमा हुन लागेको दीप प्रज्वलनमा भने उनीहरु पूर्णिका, किर्तिका र हृदयेन्द्रसँगै कमलादीमा देखिनेछन्।

पारिवारिक रूपमा उक्त विषयमा ज्ञानेन्द्र शाहले जानकारी पाएपछि पारसका लागि निर्मलनिवासको ढोका बन्द भएको थियो। पछिल्ला केही महिनायता भने निर्मल निवास पनि पारसका लागि खुला छ। 

यसबीचमा पारसलाई हृदयघात भएपछि बाबु ज्ञानेन्द्रसँग पनि सम्बन्ध सुधार भएको थियो। 

हिमानी ट्रष्टले दीप प्रज्वलनको आयोजना गरेको हो।

कसरी बिग्रिएको थियो हिमानी–पारस सम्बन्ध? भन्ने प्रश्नका केही उत्तर थिए।

उनीहरूको सम्बन्धमा कन्निकाको प्रत्यक्ष हस्तक्षेप थियो भन्ने उदाहरण पनि सतहमा आयो। पारस नेपाल आएर थाइल्याण्ड नफर्किएपछि कन्निकाले सामाजिक सञ्जालमा एक बालकलाई प्रस्तुत गर्दै उनी पारसका छोरा भएका दाबी गरिन्। यसले परिवारमा झन् खटपट बढायो। 

यति मात्र होइन, पारस–हिमानीको सम्बन्धमा प्रत्यक्ष असर पार्ने गरी कन्निकाले हिमानीको तस्बिर पोस्ट गर्दै सार्वजनिक रूपमै गालीगलौज गरेकी थिइन्। सामाजिक सञ्जालमा हिमानी, पारसप्रति आक्रोश पोख्ने गरेकी कन् निका पछि पारसलाई भेट्न नेपाल पनि आइन्।

सतिशविक्रम शाहकी छोरी स्तुति शाहको विवाह पार्टीमा बबरमहलस्थित कार्की ब्यांक्वेटमा कन् निका सुरक्षा गार्ड र छोरासहित पुगेकी थिइन्।

सो दिन कन् निका र पारसले पार्टीमा सहभागिता जनाइसकेपछि ज्ञानेन्द्र राति साढे ९ बजे मात्र पुगेका थिए, ज्ञानेन्द्र आउँदा कन् निका र पारस त्यहाँबाट हिँडिसकेका थिए। 

पारस लागु औषध प्रयोग गरेको अभियोगमा थाइल्यान्ड जेलमा परेका थिए। उनलाई छुटाउनका लागि हिमानी आफैँ त्यहाँ पुगेकी थिइन्। यसपछि उनीहरूबिचको सम्बन्धमा केही सुधार आएको अनुमान गरिएको थियो।

Screenshot-2025-06-02-130517-1748849060.jpg
यो सम्बन्ध अझ नजिक भएको ठहरचाहिँ कन्निकासँग पारसको अफेयर टुटेपछि गरियो। अहिले पारस–कन्निकाको कुनै सम्बन्ध छैन, बरु हिमानीसँग नजिक भएको छ। तर पछि फेरि भाइरल युट्युवर सोनिका रोकायासँग पारसको नाम जोडियो। यसले केही तरङ्ग ल्याए पनि अहिले किनारा लागि सकेको छ।

पारसबाहेक पूर्वराजपरिवारको राजधानी बाहिरको भ्रमणका क्रममा छोराछोरी भेट्नका लागि पारस निर्मल निवास छिर्न थालेपछि अझ सम्बन्ध बलियो हुन थालेको बताइयो।

यसपछि पारिवारिक भोज, रात्रि भोजमा पारस परिवारसँगै देखिन थाले। अझ, पारस–हिमानीको सम्बन्धको निकटता छोरा हृदयेन्द्रको व्रतबन्धदेखि भएको निर्मल निवास उच्च स्रोतले जनायो।

यसपछि यो दम्पत्तीमा सम्बन्ध सुधारका अनेक उदाहरण देखा परे पनि हिमानीलाई माताले तत्काल पारसनजिक नहुनु भन्ने सुझाव दिएको खबर बाहिर आए।

गोरखामा हिमानी ट्रस्टले गरेको कार्यक्रममा कोमल राज्यलक्ष्मी शाह प्रमुख अतिथि थिइन् भने पारस विशेष अतिथि थिए। सो क्रममा पारस–हिमानीको सम्बन्धमा सुधार आएको अनुमान सार्वजनिक भएका तस्बिरहरूबाट धेरैले लगाएका थिए।

तर लगत्तै, माता सविता सरु आचार्य भनेर परिचय खुलेकी एक युवतीले हिमानीलाई पारससँगको सम्बन्धमा टाढा रहनका लागि सुझाव दिएकी थिइन्।

यसैबीच, दीप प्रज्वलनमा ज्ञानेन्द्र शाह सरिक नहुनुको कारणचाहिँ उपत्यकाबाहिर रहनु हो। निर्मल निवास स्रोतका अनुसार कोमलसहित ज्ञानेन्द्र झापाको दमकस्थित हिमालयन टी गार्डेनमा रहेको फार्म हाउसमा छन्। 

यस विषयको जानकारी राजसंस्थावादी आन्दोलनका क्रममा राप्रपा नेपालका अध्यक्ष कमल थापाले शनिबार दिएका थिए। उनले प्रधानमन्त्री केपी शर्मा ओलीलाई भाग्न एक हेलिकोप्टर र ज्ञानेन्द्रलाई नारायणहिटी छिराउन अर्को गरी दुई हेलिकोप्टर आवश्यक पर्ने बताएका थिए।
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
लोकप्रीय
थप समाज विविध