नेभिगेशन
समाज विविध

निजामती सेवा विधेयकप्रति असन्तुष्टि जनाउँदै कर्मचारीद्वारा सामान्य प्रशासन मन्त्रालयमा धर्ना

काठमाडौँ- निजामती कर्मचारीले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा धर्ना दिएका छन् । संघीय निजामती सेवा विधेयकमा उल्लेख केही प्रावधानप्रति असन्तुष्टि जनाउँदै आएका निजामती कर्मचारीहरूले आज पनि धर्ना दिएका हुन् ।

प्रतिनिधिसभा अन्तर्गतको राज्य व्यवस्था समितिबाट पारित संघीय निजामती सेवाको गठन, सञ्चालन र सेवाका सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमा रहेका केही प्रावधान कर्मचारीमैत्री नरहेको भन्दै उनीहरूले मन्त्रालयमा धर्ना दिँदै आएका छन् ।

उनीहरूले सेवा अवधि भएको कर्मचारीलाई एक तह वृद्धि गर्ने समय ७ वर्ष नभई ५ वर्ष राख्नुपर्ने, सङ्घ, प्रदेश र स्थानीय तहमा समायोजन भएका कर्मचारीहरूलाई एक पटकका लागि समायोजनका लागि छनौटको अवसर दिनुपर्ने लगायतका माग राखेका छन् ।

त्यस्तै स्थानीय र प्रदेशमा रहेका कर्मचारीका लागि अन्तर प्रदेश सरुवाको व्यवस्था हुनुपर्ने, तीनै तहका कर्मचारीलाई निजामतीको परिभाषाभित्र समेट्नुपर्ने माग उनीहरूको रहेको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
लोकप्रीय
थप समाज विविध