नेभिगेशन
समाज विविध

कोशी राजमार्ग १२ घण्टापछि एकतर्फी सञ्चालन

काठमाडौं- लगातारको वर्षा पछिको बाढीका कारण अवरुद्ध कोशी लोकमार्गको धरान–धनकुटा सडकखण्ड १२ घण्टापछि एकतर्फी सञ्चालनमा आएको छ ।

कोशी लोकमार्गको साँगुरीगढी गाउँपालिका–६ फेदी भन्ने स्थानमा लेउती खोलामा आएको बाढीले लोकमार्गको करिब एक सय मिटर सडक कटान गरेपछि दुवैतर्फको सडक पूर्णरुपमा अवरुद्ध भएको थियो ।

बाढीले बगाएको सडकमा अस्थायी डाइर्भसन बनाएर सडक एकतर्फी रुपमा खुलाएको प्रमुख जिल्ला अधिकारी टुवराज पोखरेलले जानकारी दिए। उक्त सडक निर्माणको लागि सडक विभागको एक र अन्य तीन गरी चारवटा स्काभेटर परिचालन गरिएको थियो ।

शनिबार बिहान ५ बजेदेखि अवरुद्ध सडक १२ घण्टाको निरन्तर प्रयासपछि एकतर्फी रुपमा सञ्चालन आएको जिल्ला प्रहरी कार्यालय धनकुटाका निमित्त सुचना अधिकारी इन्सपेक्टर ध्रुवनारायण श्रेष्ठले जानकारी दिएका छन् । लेउती खोलाको धार फर्काएर अस्थायी डाइर्भसनमार्फत गाडी सञ्चालनमा ल्याइएको छ । सडक एकतर्फी सञ्चालन भएसँगै दुवैतर्फ रोकिएका सयौं सवारीसाधन गन्तव्यतर्फ लागेका छन् ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाज विविध