नेभिगेशन
समाज विविध

लुम्बिनीको समग्र विकासका लागि प्रचारप्रसारमा जोड दिनुपर्छ : मुख्यमन्त्री आचार्य

लुम्बिनी– लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले प्रदेशको विकास र समृद्धिका लागि सञ्चार क्षेत्रले सर्ढटकीय सामग्री सम्प्रेषण गर्दै प्रचारप्रसारमा जोड दिनुपर्ने धारणा राखेका छन् ।

लुम्बिनीमा आजदेखि आयोजित टेलिभिजनको प्रथम राष्ट्रिय कार्यशालाको उद्घाटन गर्दै लुम्बिनी देवभूमि, तपोभूमि र ज्ञानभूमि भएकाले यसको प्रचारप्रसारमा सञ्चार क्षेत्रले सक्रियता देखाउनुपर्नेमा जोड दिए । उनले लुम्बिनीको महत्त्व अन्तरराष्ट्रियस्तरमा फैलाउन सञ्चारमाध्यमले महत्त्वपूर्ण जिम्मेवारी निर्वाह गर्दै पर्यटन प्रवर्द्धनका लागि सामग्री सम्प्रेषण गर्नुपर्ने आवश्यकता औँल्याए।

“लुम्बिनी देवभूमि, ज्ञानभूमि र तपोभूमि हो । यसको महत्त्व विश्वभर फैलाउन सञ्चारमाध्यमको सहयोग जरुरी छ”, मुख्यमन्त्री आचार्यले भने, “यहाँका पर्यटकीय क्षेत्रको प्रचारप्रसार गरी पर्यटकलाई आकर्षित गराउन सकिन्छ । यस क्षेत्रको विश्वस्तरमा चर्चा परिचर्चा हुन जरुरी छ । विश्वको ध्यानाकर्षण गराउन सञ्चार क्षेत्रको योगदान अनिवार्य हुने भएकाले सहकार्य र समन्वय गरी अघि बढ्नुपर्छ ।” मुलुक बनाउन सबै नागरिकले आ–आफ्नो ठाउँबाट योगदान दिनुपर्ने धारणा राखे।

‘लुम्बिनीको विकास र समृद्धिका लागि सञ्चार क्षेत्रले निर्वाह गरेको उल्लेखनीय भूमिकाको प्रशंसा गर्दछु’, उनले भने, ‘समाजमा सकारात्मक सोचको विकास गर्न सञ्चारमाध्यम नीति, नियमको पालना गर्दै प्रभावकारी भूमिका खेल्नुपर्छ ।’

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाज विविध