नेभिगेशन
राजनीति

प्रधानमन्त्रीलाई गगनको चेतावनी- उत्तेजक अभिव्यक्ति नदिनू

काठमाडौं– नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले उत्तेजक अभिव्यक्ति नदिन प्रधानमन्त्री केपी शर्मा ओलीलाई चेतावनी दिएका छन् ।

प्रधानमन्त्री ओलीको उक्त निर्देशनलक्षित गर्दै कांग्रेस महामन्त्री थापाले आगामी दिनमा यस्तो प्रकारको उत्तेजक अभिव्यक्ति नदिन ध्यानाकार्षण गराएका हुन् ।

सोमबार बसेको कांग्रेस पदाधिकारी बैठकपछि सञ्चारकर्मीसँग संक्षिप्त कुराकानी गर्दै उनले यस्तो भनेका हुन् ।


‘कसैलाई उत्तेजनामा ल्याउने काम गर्न पाइँदैन भने सम्माननीय प्रधानमन्त्रीले त्यस्तो भन्नुहुन्छ भन्नेकुरा कल्पना पनि गरिँदैन । जे जस्ता कुराहरु बाहिर सुनियो, आइन्दा त्यस्ता कुराहरु नदोहोरियोस्’, उनले भने ।

प्रधानमन्त्री ओलीले आइतबार नेकपा एमाले बागमती प्रदेश कमिटीद्वारा आयोजित वडाध्यक्षहरूको प्रशिक्षण कार्यक्रममा सम्बोधन गर्दै जेठ १५ गते काठमाडौंलाई एमालेको नियन्त्रणमा राख्न निर्देशन दिएका थिए ।

 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
लोकप्रीय
थप राजनीति