नेभिगेशन
राजनीति

बाबुरामको पछि लागेर माओवादी छाड्दा पोलिटब्यूरो, प्रचण्डसँग वार्ता गरी फर्किँदा केन्द्रीय सचिव

काठमाडौं– नेपाल समाजवादी पार्टीका सहअध्यक्ष रहेका गंगानारायण श्रेष्ठ नेकपा माओवादी केन्द्रमा फर्किएका छन्। उनलाई माओवादी केन्द्रले केन्द्रीय सचिवको जिम्मेवारी दिएको छ।

प्रचण्डले उनलाई पार्टीमा भित्राएका हुन्। उनी एक दशकअघि माओवादी परित्याग गरी डा. बाबुराम भट्टराईको पछि लागेर नयाँ शक्ति नेपालमा पुगेका थिए। 

त्यसपछि जनता समाजवादी पार्टी हुँदै बाबुरामसहितको नेतृत्वको नेपाल समाजवादी पार्टी पनि विभाजन हुँदा महिन्द्रा राय यादवसँग नै रहेका थिए। 

अहिले रायलाई पनि छाडेर माओवादी फर्किँदा सचिवको जिम्मेवारी पनि पाएका छन्। एक कार्यक्रमबीच उनलाई भित्राइएको थियो।
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
लोकप्रीय
थप राजनीति