नेभिगेशन
राजनीति

गृहमन्त्रीबारे छलफल गर्न रास्वपाले बोलायो संसदीय दलको बैठक

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले संसदीय दलको बैठक बोलाएको छ।

बैठक दलका उपनेता विराजभक्त श्रेष्ठको समन्वयमा सोमबार दिउँसो ४ बजे सिंहदरबारस्थित दलको कार्यालयमा बस्ने छ।

पार्टीका कार्यवाहक प्रवक्ता मनीष झाका अनुसार भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकको बिषय र त्यसलाई संसदमा प्रभावकारी रुपमा उठाउनेबारे छलफल हुनेछ। रास्वपाले गृहमन्त्री रमेश लेखकलाई तत्काल राजीनामा दिएर अनुसन्धानमा सघाउन आग्रह गरिसकेको छ। रास्वपाले अब बस्ने संसदको वैठक सामान्य नहुने चेतावनी दिएको छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
लोकप्रीय
थप राजनीति