नेभिगेशन
मनोरञ्जन

माल्दिभ्सका रिसोर्टमा खुलिन् उद्योगी विदुषी राणा, गोल्डस्टारकी मालिक्नी हुन्

काठमाडौं– को कहाँ कतिबेला खुलिदिन्छ थाहै नहुने। यस्तै पात्र मध्य एक हुन् विदुषी राणा। सफल उद्यमी उनी माल्दिभ्सको रिसोर्टमा मस्तीमा रहेकी थिइन्।

उनले सामाजिक सञ्जाल इन्स्टाग्राममा आफ्ना उन्मुक्त तस्बिर पोस्ट गर्न भ्याइन्। लेखेकी छन्,‘ पोखरी र स्वर्गको बीचमा कतै तैरिरहेको।’

विदुषी राणा एक सफल नेपाली व्यवसायी, लेखक र उद्यमशील नेतृ हुन्, जसले नेपालको परम्परागत उद्योगलाई आधुनिक बजारमा प्रतिस्पर्धी बनाउन उल्लेखनीय योगदान दिएकी छन्। 

उनी विशेष गरी गोल्डस्टार जुत्ता ब्रान्डको पुनःस्थापनामा अग्रणी भूमिका निर्वाह गरेकी छन्, जसले नेपाली उत्पादनलाई अन्तर्राष्ट्रिय स्तरमा चिनाउन मद्दत गरेको छ।

vidusi2-1747990513.jpg
गोल्डस्टार ब्रान्ड ४० वर्ष पुरानो भए पनि युवापुस्तामाझ यसको लोकप्रियता घट्दै गएको थियो। विदुषी राणाले कम्पनीमा प्रवेश गरेपछि युवाहरूको चाहना र प्रवृत्तिलाई बुझेर ब्रान्डलाई रिफ्रेस गर्ने रणनीति अपनाइन्। 

उनले उत्पादनको डिजाइन, गुणस्तर र मार्केटिङमा सुधार ल्याउँदै गोल्डस्टारलाई पुनः युवामाझ लोकप्रिय बनाइन्। 

vidusi-1747990513.jpg
व्यवसायिक क्षेत्रबाहेक, विदुषी राणा सामाजिक उत्तरदायित्वमा पनि सक्रिय छन्। उनले नेपाली उद्योगको विकास, महिला सशक्तिकरण र युवाहरूको उद्यमशीलता प्रवद्र्धनमा विभिन्न कार्यक्रमहरू सञ्चालन गरेकी छन्। 

उनका विचारहरू विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय मञ्चहरूमा प्रस्तुत भएका छन्, जसले नेपाली उद्यमशीलता र नवप्रवर्तनलाई प्रोत्साहन दिएको छ।

उनै विदुषीले विदा मनाएको तस्बिर पनि पोस्ट गर्न भ्याइन्।
vidusi1-1747990513.jpg
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
लोकप्रीय