नेभिगेशन
समाज विविध

चार सांसद चढेको गाडी मोरङको कानेपोखरीमा प्रहरी डीएसपीको गाडीसँग जुध्यो, कस्तो छ अवस्था?

काठमाडौं– मोरङको कानेपोखरीमा कोशी प्रदेशका चार जना सांसद र जिल्ला प्रहरी कार्यालय झापामा कार्यरत प्रहरी नायव उपरिक्षक (डीएसपी) सवार गाडी एक आपसमा जुधेको छ।

सोमबार दिउँसो २ बजे पूर्वपश्चिम राजमार्गको मोरङको कानेपोखरी गाउँपालिका– ७ खण्डमा बेलबारीबाट झापा तर्फ जाँदै गरेको बा. ५ च ३५३० नम्बरको कार विपरित दिशाबाट आउँदै गरेको बीएई १४०६ नम्बरको कारसँग ठोक्किएर दुर्घटना भएको थियो।

बा ५ च ३५३० नम्बरको कारमा जिल्ला प्रहरी कार्यालय झापामा कार्यरत डीएसपी खगेन्द्र खड्का सवार थिए। 

सो कारमा कोशी सांसद मैया श्रेष्ठ लावती, राधाकृष्ण खनाल, नम्बरलाल धिमाल र विद्या चाम्लिङ सवार थिए। उनीहरु कोशी प्रदेशसभा बैठकमा सहभागी हुन विराटनगर आउँदै थिए।

दुईवटै गाडीमा सवारको अवस्था सामान्य रहेको बताइएको छ।
accident1-1747649030.jpg
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाज विविध