नेभिगेशन
राजनीति

बालेनले बैठकमा नजानुको कारण खुलाउँदै ओलीलाई भने- भ्रष्टाचारीको नाईके

काठमाडौ - काठमाडौ महानगरपालिकाका मेयर बालेन शाहले प्रधानमन्त्री केपी शर्मा ओलीलाई भ्रस्टाचारीको नाइकेको सज्ञा दिएका छन् । 

सामाजिक सञ्जालमा लेख्दै बालेनले प्रधानमन्त्री ओलीलाई तपाइको भ्रष्ट सिस्टमको सपोर्ट गर्दिन भन्दै देशमा राजधानीको मेयरले भ्रस्टचार रोक्छु भन्दा , देशको सवै पार्टीको सबै लागेर भ्रस्टचारी जोगाउछु भन्छ र त्यसको नाइकेको कार्यक्रममा म गैदिनु पर्ने ? भन्दै प्रश्न गरेका छन् ।

सोमबार गणतन्त्र दिवसको मूल समारोह समितीको बैठकमा मेयर बालेन सहभागी भएनन । उनी सहभागी नहुदा प्रधानमन्त्री ओलीले  (मेयर) बालेन शाहको नाम समारोह समितिबाट हटाउन ठाडो आदेश दिएका थिए ।

मूल समारोह समितिमा उपप्रधानमन्त्रीसहित निजामती सेवाका उच्च ओहदाका पदाधिकारीसहित काठमाडौं, ललितपुर महानगर प्रमुख समेत रहने व्यवस्था छ। 

प्रधानमन्त्री ओलीले आज सिंहदरबारमा आयोजित गणतन्त्र दिवस आयोजक समिति गठन गर्ने कार्यक्रममा बालेनले सहभागिता नजनाएको भन्दै असन्तुष्टि जनाएको विषय बाहिर आएको थियो ।

उनले लेखेका छन् : 

जुन देशमा राजधानीको मेयरले भ्रस्टचार रोक्छु भन्दा , देशको सवै पार्टीको सबै लागेर भ्रस्टचारी जोगाउछु भन्छ ? त्यस्को नाइकेको कार्यक्रममा म गैदिनु पर्ने ? Sorry KP Oli , I dont Support Your Corrupt System

 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप राजनीति