नेभिगेशन
मनोरञ्जन

काठमाडौं उत्रिइन् नोरा फतेही 

काठमाडौं– डान्सर नोरा फतेही काठमाडौंमा उत्रिएकी छन्।

बलिउड डान्सर नोरा फतेहीले बौद्धस्थित हायात ग्राउन्डमा आज प्रस्तुती दिने तयारी गरेकी छन्।

उनीसहित २३ जनाको टोली काठमाडौं आइपुगेको हो। काठमाडौं उत्रिएको टोलीमा डान्सर, म्यानेजर, ड्रेस डिजाइनर, लाइटम्यान, फोटोग्राफर लगायत छन्। उनीहरूलाई आयोजक संस्थाका पदाधिकारीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरे।

शनिबार बेलुका बौद्धस्थित हायातको चौरमा हुने ‘नोरा फतेही लाइभ इन नेपाल’मा उनले प्रस्तुति दिने कार्यक्रम छ।

आइतबार बिहान उनले वसन्तपुर दरबार स्क्वायरसहितका सांस्कृतिक र पर्यटकीय सम्पदाको भ्रमण गर्नेछिन्। 

नोरा दुबईबाट काठमाडौं आएकी हुन्। उनको टोल ीभने शुक्रबार आइपुगेको थियो।

नोरा फत्तेही एक चर्चित मोरोक्कन–क्यानाडियन नर्तकी, अभिनेत्री, मोडल र गायक हुन्, जसले मुख्य रूपमा भारतीय फिल्म उद्योग, विशेष गरी बलिउडमा आफ्नो प्रभावशाली नृत्य कौशलका कारण प्रसिद्धि प्राप्त गरेकी छन्।

नोरा फत्तेहीको जन्म फेब्रुअरी ६, १९९२ मा क्यानाडाको टोरन्टो शहरमा भएको हो। उनी मोरोक्कन मूलकी हुन् र अरबी तथा अंग्रेजी भाषामा दक्ष छिन्। उनले सानो उमेरदेखि नै नृत्य र अभिनयमा रुचि राख्थिन्। उनले कुनै पनि औपचारिक नृत्य प्रशिक्षण नलिई स्वयं सिकेर नृत्यमा दक्षता हासिल गरेकी हुन्।

शिक्षाबाट वञ्चित बालबालिकाको क्षेत्रमा काम गर्दै आएको सामाजिक संस्था ‘ह्युमन रेस्पेक्ट नेपाल’को सहयोगार्थ आयोजना हुने कार्यक्रमका लागि फतेही आएकी हुन्। 

अहिले खल्ती र आइएमई पेबाट धमाधम टिकट विक्री भैरहेको आयोजक वल्र्डवाइड फिल्मस् नेटवर्क प्रालिका अध्यक्ष देव मगरले बताए।
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप मनोरञ्जन