नेभिगेशन
मनोरञ्जन

कमेडियन गौडेल दिल्लीको मेदान्त अस्पताल भर्ना

काठमाडौं– युवा पुस्ताका कमेडियन मेक्सम गौडेल नयाँ दिल्लीको मेदान्त अस्पतालमा भर्ना भएका छन्।

प्याङ्क्रियाजमा घाउ भएपछि उपचारका लागि उनी त्यहाँ भर्ना भएका हुन्। 

पहिलेदेखि उनले त्यहाँ फलोअप उपचार गराइरहेका थिए। उनी फलोअप उपचारका लागि भर्ना भएका हुन्।

गौडेल २ महिनादेखि प्याङ्क्रियाजको समस्याबाट पीडित छन्। यसअघि उनले बानेश्वरस्थित सिभिल अस्पतालमा उपचार गराएका थिए। 

‘कमेडी नाइट विथ च्याम्पियन्स’मा ४ एपिसोड गरेपछि उनी बिरामी भएका थिए। ‘कमेडी च्याम्पियन’बाट उदाएका गौडेलले ‘छक्कापञ्जा ५’ र ‘फेरि रेशम फिलिली’मा पनि अभिनय गरेका थिए।

उनी मेदान्त भर्ना भएको कमेडियन सुमन कार्कीले जानकारी दिए।
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
लोकप्रीय
थप मनोरञ्जन