नेभिगेशन
सुरक्षा–अपराध

छोरी र भतिजको हत्या गरे अनि आफ्नै घाँटी रेटेका गिरी गम्भिर

नारायणगढ– चितवनको भरतपुर महानगरपालिकामा एक व्यक्तिले आफ्नी छोरी र भतिजको हत्या गरी आफ्नै घाँटी रेटेका छन्।

वडा नम्बर २५ शुक्रनगरमा ४२ वर्षीय लिलाराज गिरीले दाजु दया गिरीको छोरा अन्दाजी ६–७ वर्षको सजन गिरी र आफ्नी छोरी प्रभालाई खुर्पा प्रहार गरेर हत्या गरेका हुन्। 

खुर्पा प्रहारबाट गम्भीर घाइते भएका सजन र प्रभाको चितवन मेडिकल कलेज भरतपुरमा उपचार गर्ने क्रममा शुक्रबार बिहान मृत्यु भएको थियो।

घटनापछि आफ्नै घाँटी रेटेका गिरीको उपचार जारी रहेको प्रहरीले जनाएको छ। घटनाको अनुसन्धान थालिए पनि हत्याको कारण खुल्न सकेको छैन। 
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप सुरक्षा–अपराध